शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सेयर कारोबार

नयाँ कारोबार प्रणालीको प्रभाव ६ कम्पनीमा : चार कम्पनीको मूल्य १५ प्रतिशतले बढ्यो

सोमबार, ०७ वैशाख २०८३, १५ : ३३
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • नेपाल स्टक एक्सचेन्ज परिसूचक १३.१७ अङ्कले घटेर २८२५.२३ विन्दुमा बन्द भएको छ।
  • नयाँ कारोबार प्रणाली लागू भएसँगै ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।
  • बजारमा कुल ५ अर्ब ४३ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

काठमाडौँ । साताको सेयर कारोबार हुने एक दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। आज नेप्से परिसूचक १३.१७ अङ्कले घटेर २८२५.२३ विन्दुमा पुगेर बन्द भएको छ ।

आजको बजारमा कुल ३४९ वटा स्क्रिप्टहरूको कारोबार भएको थियो। जसमध्ये १९७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने ६५ कम्पनीको मूल्य बढेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ । दिनभरिमा १ लाख १६ हजार ३१० पटकको कारोबारबाट १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर खरिदबिक्री भएका छन् ।

बजारमा आज कुल ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकमका आधारमा हिमालयन फाइनान्स ३६ करोड १५ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ। त्यसैगरी सोल्टी होटल २९ करोड ८१ लाख र नेशनल हाइड्रोपावर २८ करोड ८८ लाख रुपैयाँको कारोबारका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताहरूले भने उल्लेख्य नाफा कमाएका छन्। सूर्यकुण्ड हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, पाल्पा सिमेन्टको र शिखर पावर डेभलपमेन्टको मूल्य पनि झण्डै १४.९९ प्रतिशतले बढेको छ। झापा इनर्जी ११.८८ र रिजलाइन इनर्जीको १०.९८ प्रतिशत वृद्धि देखिएको छ । 

आजदेखि बजारमा नयाँ कारोबार प्रणाली लागु हुँदै एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुने व्यवस्था भएको छ । योसको प्रभावस्वरुप आज ६ कम्पनीको मूल्य १० प्रतिशत भन्दा धेरैले बढेको छ । 

बजारमा खुलेको समयदेखि नै उतारचढावपूर्ण देखिएको थियो। सुरुवाती समयमा केही बढेको बजार अन्त्यमा सम्हालिन नसक्दा राताम्मे भएर बन्द भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप