रास्वपाको विधान संशोधन समिति संयोजकमा विपिन आचार्य
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री विपिन कुमार आचार्यलाई विधान संशोधन समितिको संयोजकमा नियुक्त गरेको छ।
- पार्टीले संसदीय दलको विधान संशोधन गर्ने जिम्मेवारी पार्टी सचिवालयलाई दिएको छ।
- महामन्त्री भूपदेव शाहको नेतृत्वमा सरकार र पार्टीबीच समन्वयका लागि नौ सदस्यीय समिति गठन गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सहमहामन्त्री विपिन कुमार आचार्यलाई विधान संशोधन समितिको संयोजक बनाएको छ ।
सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आचार्यको नेतृत्वमा विधान संशोधन समिति बनाएको हो ।
यसैगरी संसदीय दलको विधान संशोधन गर्ने जिम्मा पार्टी सचिवालयलाई दिएको आचार्यले जानकारी दिए । आचार्यका अनुसार नयाँ महामन्त्री भूपदेव शाहको नेतृत्वमा सरकार र पार्टीबिच पूलको काम प्रभावकारी बनाउन ९ सदस्यीय समिति बनाउने निर्णय गरेको छ ।
सातै प्रदेशबाट एक/एक जना संयोजक तथा सहसंयोजक रहने गरी समिति बनाएको आचार्यले बताए । तर विचौलीया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको सम्बन्धबारे बैठकमा कुनै छलफल नभएको उनले जिकिर गरे ।
‘गृहमन्त्रीजीको विषयमा बैठकमा कुनै छलफल भएन । सचिवालय बैठकले गरेको निर्णय अनुमोदन र महामन्त्री र सभापतिले प्रस्ताव गरेको एजेन्डा पारित भयो । अन्य विषयमा प्रवेश भएन’, आचार्यले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण