श्रममन्त्रीलाई मेनपावर व्यवसायीले बुझाएर ४ बुँदे सुझाव पत्र
सारांश
- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रममन्त्री रामजी यादवलाई वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि ४ बुँदे सुझाव पत्र बुझाएको छ।
- व्यवसायीहरूले कामदार पठाउने प्रक्रियालाई पारदर्शी बनाउन र मागपत्र प्रमाणीकरणको झन्झट अन्त्य गर्न माग गरेका छन्।
- संघले श्रमिकको आर्थिक भार कम गर्न कूटनीतिक पहल र व्यवसायीका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
काठमाडौं । वैदेशिक रोजगार क्षेत्रको संरचनात्मक सुधारका लागि भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसमक्ष ४ बुँदे सुझावपत्र प्रस्तुत गरेको छ। संघका अध्यक्ष भुवन सिंह गुरुङ नेतृत्वमा सोमबार मन्त्री रामजी यादवलाई सुझाव पत्र बुझाइएको हो ।
सुझाव पत्रमा विशेषगरी कामदार पठाउँदा लाग्ने लागत नियन्त्रण र गन्तव्य मुलुकअनुसार अधिकतम लागत तोकेर वित्तीय पारदर्शिता कायम गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ। यस्तै, मागपत्र (डिमाण्ड) प्रमाणीकरण प्रक्रियालाई झन्झटमुक्त बनाउन एकीकृत प्रणाली लागू गर्न र दूतावास नभएका मुलुकका लागि व्यवहारिक प्रक्रिया तय गर्न संघले माग गरेको छ।
श्रमिकमाथि थपिएको ‘पीसीसी एजेस्ट्रेसन’ को आर्थिक भार हटाउन कूटनीतिक पहल गर्नुपर्ने र मेनपावर कम्पनीहरूलाई व्यवस्थित बनाउन राष्ट्र बैंकमार्फत सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने प्रस्ताव समेत पत्रमा समेटिएको छ। अध्यक्ष गुरुङले व्यवसायीको हकहित र श्रमिकको सुरक्षा सुनिश्चित गर्दै यो क्षेत्रलाई मर्यादित र विश्वासिलो बनाउन आफू प्रतिबद्ध रहेको बताए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण