तिलक वर्माको विस्फोटक शतकमा मुम्बईको शानदार जित
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत मुम्बई इन्डियन्सले गुजरात टाइटन्सलाई ९९ रनले पराजित गरेको छ।
- तिलक वर्माले आईपीएल करियरको पहिलो शतक प्रहार गर्दै मुम्बईका लागि अविजित १०१ रन बनाएका छन्।
- मुम्बईका बलर अश्वनी कुमारले घातक बलिङ गर्दै चार विकेट लिएपछि गुजरातको टोली १०० रनमा समेटिएको छ।
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत सोमबार भएको खेलमा मुम्बई इन्डियन्सले गुजरात टाइटन्समाथि ९९ रनको फराकिलो जित दर्ता गरेको छ । तिलक वर्माको अविजित सानदार शतकीय पारीको मद्दतले मुम्बईले प्रस्तुत गरेको दुई सय रनको विशाल लक्ष्य पछ्याएको गुजरातले १५.५ ओभरमा सबै विकेट गुमाएर एक सय रन मात्र बनाउन सक्यो ।
यो जितसँगै मुम्बईले ६ खेलमा दुई जितसहित ४ अंक जोडेको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । मुम्बईका लागि तिलक वर्माले उत्कृष्ट ब्याटिङ गर्दै मात्र ४५ बलमा अविजित १०१ रन बनाए ।यो उनको आईपीएल करियरको पहिलो शतक हो । उनले आफ्नो पारीमा ८ चौका र सात छक्का प्रहार गरे ।
त्यस्तै, नमन धीरले ३२ बलमा ४५ रन तथा सूर्यकुमार यादवले १० बलमा १५ रनको योगदान दिए । गुजरातका लागि कागिसो रबाडाले ३ विकेट लिए भने मोहम्मद सिराज र प्रशिद्ध कृष्णले समान १–१ विकेट हात पारे ।
दुई सय रनको लक्ष्य पछ्याएको गुजरातको ब्याटिङ सुरुदेखि नै धर्मराएको थियो । वासिङ्टन सुन्दरले सर्वाधिक २६ रन बनाए भने शाहरुख खानले १७ तथा शुभमन गिलले १४ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।
गुजरातलाई सस्तैमा समेट्ने क्रममा मुम्बईका बलर अश्वनी कुमारले घातक बलिङ गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । मिचेल सान्टनर र अल्लाह गजानफरले समान २–२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण