लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।
- बैठकमा विभिन्न विधेयक, समितिका प्रतिवेदनहरू पेस गर्ने र समसामयिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।
- विपक्षी दलका नेता जोख बहादुर महराले बैठकमा विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत पन्ध्रौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।
कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्नेछन्। त्यसपछि प्रदेश मामिला तथा कानुन समितिकी सभापति दिलकुमारी बुढाले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५’ लाई संशोधन गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ।
यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले ‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक’ माथि छलफल तथा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
बैठकमा सार्वजनिक लेखा समितिकी सभापति माया पुनले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम पनि रहेको छ। साथै, विपक्षी दलका नेता जोख बहादुर महराले विशेष सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण