बेहाल बन्दै नेपालकै एक मात्र यात्रुवाहक रेल सेवा: जनकपुरधाम हल्ट स्टेसनको कुरूप दृश्य (फोटो फिचर)
सारांश
- नेपालको एक मात्र यात्रुवाहक रेल सेवाको जनकपुरधाम हल्ट स्टेसनको अवस्था दिनानुदिन दयनीय र कुरूप बन्दै गएको छ।
- स्टेसनमा रहेका पानीका धारा सुकेका छन् भने फूलका गमलाहरू फोहोर फाल्ने भाँडोमा परिणत भएका छन्।
- सम्बन्धित निकायको बेवास्ताका कारण राष्ट्रको गौरवका रूपमा रहेको रेल सेवाको साख गिर्दै गएको स्थानीयले गुनासो गरेका छन्।
जनकपुरधाम । नेपालको एक मात्र यात्रुवाहक रेल सेवा ‘नेपाल रेल्वे’ को अवस्था दिनानुदिन दयनीय बन्दै गएको छ । कार्यालय प्रमुखदेखि कर्मचारीसम्मको उपस्थिति, सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी र जडान गरिएका सिसिटिभी क्यामेराहरूको निगरानी हुँदाहुँदै पनि जनकपुरधामस्थित ‘जनकपुरधाम हल्ट स्टेसन’ को अवस्था झन् जीर्ण र कुरूप बन्दै गएको हो ।
केही वर्षअघिसम्म सफा र व्यवस्थित देखिने यो स्टेसन अहिले फोहोरले ढाकिएको छ । स्टेसनको प्लेटफर्ममा यात्रुहरूका लागि राखिएका पानीका ह्याण्डपम्प र धाराहरू सुकेका छन् भने बस्ने स्थानहरूमा जताततै फोहोर फ्याँकिएको देखिन्छ । अझ उदेकलाग्दो दृश्य त के छ भने, स्टेसनको सौन्दर्य बढाउन फूल रोप्न राखिएका गमलाहरू समेत अहिले फोहोर फाल्ने भाँडोमा परिणत भएका छन् ।
सम्बन्धित निकाय र व्यवस्थापन पक्षको चरम बेवास्ताका कारण यस्तो अवस्था सिर्जना भएको स्थानीयहरूको गुनासो छ । सरसफाइ र सामान्य मर्मतसम्भारमा समेत ध्यान नदिँदा राष्ट्रकै गौरवका रूपमा रहेको एक मात्र रेल सेवाको साख गिर्दै गएको भन्दै सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।
_b9oor5U56e.jpg)
_HoYeYiYdOf.jpg)
_AHagvT2L6i.jpg)
_IMTxxtLNjk.jpg)
_oOp9OgACWi.jpg)
_fQgLdka5eD.jpg)
_k2acyFhrvI.jpg)
_vS6WNbYKd5.jpg)
_laE2VS6HuM.jpg)
_4lpTlGLvBK.jpg)
तस्बिरः नबीन प्रियदर्शी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण