२५ लाख डलर चोरी मामिलामा श्रीलङ्काले थाल्यो छानबिन
सारांश
- श्रीलङ्काको अर्थ मन्त्रालयको कम्प्युटर प्रणाली ह्याक गरी २५ लाख डलर चोरी भएको घटनामा विस्तृत अनुसन्धान सुरु भएको छ।
- साइबर अपराधीहरूले अस्ट्रेलियालाई तिर्नुपर्ने ऋणको रकम बीचमै अन्य बैंक खातामा मोडेको पाइएको छ।
- यस घटनामा संलग्न भएको आशङ्कामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका चार वरिष्ठ अधिकारीहरू निलम्बनमा परेका छन्।
कोलम्बो । अर्थ मन्त्रालयको कम्प्युटर प्रणालीमा घुसपैठ गरेर ह्याकरहरूले करिब २५ लाख अमेरिकी डलर चोरी गरेको मामिलामा श्रीलङ्काले विस्तृत अनुसन्धान सुरु गरेको छ । अधिकारीहरूका अनुसार उक्त रकम अस्ट्रेलियालाई तिर्नुपर्ने द्विपक्षीय ऋण भुक्तानीको हिस्सा थियो, जसको राफसाफ २०२५ को सेप्टेम्बरमा हुनेवाला थियो । तर जनवरी महिनातिर नै साइबर अपराधीहरूले हस्तक्षेप गरी रकम अन्य बैंक खातामा मोडेको विश्वास गरिएको छ । घटना अहिले मात्र सार्वजनिक भएको हो ।
“श्रीलङ्काले तोकिएको भुक्तानी गरिसकेको भए पनि साइबर अपराधीहरूले बिचमै हस्तक्षेप गरेर रकम लक्षित प्रापकसम्म पुग्न नदिई अन्य खातामा सारिदिए,” वित्त मन्त्रालयका सचिव हर्षणा सुरियापेरुमाले बिहीबार सञ्चारमाध्यमलाई भने । यस घटनापछि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका चार वरिष्ठ अधिकारी निलम्बन गरिएको छ । चोरी कसरी भयो भन्ने कुरा स्पष्ट छैन । साथै, कानुन कार्यान्वयन गर्ने विदेशी निकायहरूसँग पनि सहयोग मागिएको छ ।
अनुसन्धानकर्ताहरूका अनुसार ह्याकरहरूले इमेलमार्फत पठाइने भुक्तानी निर्देशनहरूमा हेरफेर गरेर रकम चोरी गरेका हुनसक्ने आशङ्का छ । अस्ट्रेलियाली पक्षले रकम नपाएको गुनासो गरेपछि मात्र यो घटना उजागर भएको हो । उपवित्तमन्त्री अनिल जयन्त फर्नान्डोले बताएअनुसार भारततर्फ गरिने अर्काे भुक्तानी पनि परिवर्तन गरिएको देखिएपछि थप शंका उत्पन्न भएको थियो । अधिकारीहरूले अहिले सुरक्षा संयन्त्रहरू किन असफल भए र चोरी भएको रकम फिर्ता ल्याउन सकिने सम्भावनाबारे अनुसन्धान गरिरहेका छन् ।
देश अझै २०२२ को गम्भीर आर्थिक संकटबाट उकासिने प्रयासमा रहेको अवस्थामा भएको यो साइबर आक्रमण श्रीलंकाका लागि थप झट्का बनेको छ । त्यसबेला विदेशी मुद्रा सकिएपछि सरकारले खाना, इन्धन र औषधि आयात गर्न सकेको थिएन । यसका कारण जनजीवन प्रभावित भएपछि सरकारविरुद्ध व्याक विरोध प्रदर्शन भएको थियो । ती आन्दोलनका कारण तत्कालीन राष्ट्रपति गोतबाया राजापाक्ष सत्ताच्युत भएका थिए ।
कोलम्बोस्थित अस्ट्रेलियाली उच्चायुक्त म्याथ्यू डकवर्थले अस्ट्रेलियालाई तिर्नुपर्ने रकममा अनियमितता भएको जानकारी पाएको र अनुसन्धानमा सहकार्य भइरहेको बताएका छन् । यस घटनाकै बीचमा श्रीलंकाको केन्द्रीय बैंक र वित्त मन्त्रालयले नागरिकलाई साइबर ठगीबाट सचेत रहन आग्रह गर्दै प्रचार अभियान समेत सञ्चालन गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण