इरानद्वारा ‘मित्र राष्ट्र’ लाई होर्मुजमा शुल्क छुट
सारांश
- इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने मित्र राष्ट्रहरूका जहाजलाई टोल शुल्कमा छुट दिएको छ।
- छुट पाउने राष्ट्रहरूको सूचीमा रुस पनि समावेश रहेको मस्कोस्थित इरानी राजदूत काजेम जलालीले जानकारी दिएका छन्।
तेहरान । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने ‘मित्र राष्ट्र’ का जहाजलाई टोल फिमा छुट दिएको छ । छुट पाउने देशहरूमा रुस पनि रहेको बताइएको छ । मस्कोस्थित इरानी राजदूत काजेम जलालीले रुसी समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार केही देशहरूलाई विशेष छुट प्रदान गरिएको छ ।
‘हामीले केही देशहरूका लागि छुट दिएका छौँ । भविष्यमा के हुन्छ,भन्न सकिँदैन,’ उनले भने । उनका अनुसार, हाल इरानको विदेश मन्त्रालयले यस्ता छुटको उपयोग गर्दै रुस जस्ता मित्र राष्ट्रहरूका लागि सुविधा सुनिश्चित गर्न प्रयास गरिरहेको छ ।
यसअघि इरानले अमेरिका र इजरायलसँगको द्वन्द्वबिच स्ट्रेट अफ होर्मुज भएर आउने जाने जहाजसँग टोल फि उठाउने योजना अघि सारेको थियो । बिहीबार इरानी संसद्का उपसभामुख हमिदरेजा हाजिबाबाईले टोल फि बापतको एक किस्ता रकम इरानी केन्द्रीय बैंकको खातामा जम्मा भएको बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण