राष्ट्रिय कृषि नीति निर्माणको तयारीमा रास्वपा, मागियाे सुझाव
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले दिगो र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि राष्ट्रिय कृषि नीति बनाउने तयारी सुरु गरेको छ।
- पार्टीको केन्द्रीय कृषि विभागले देशभरिका कृषक तथा सरोकारवालासँग नीतिगत सुधारका लागि सुझाव संकलन अभियान थालेको हो।
- संकलित सुझावका आधारमा कृषि आधुनिकीकरण र कृषकको जीवनस्तर सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिइनेछ।
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले देशभरिका कृषक तथा सरोकारवालासँग सुझाव संकलन अभियान सुरु गरेको छ। पार्टीको केन्द्रीय कृषि विभागले एक विज्ञप्ति जारी गर्दै दीगो र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि ठोस तथा व्यावहारिक राष्ट्रिय कृषि नीति तयार पार्ने उद्देश्यले यो अभियान थालिएको जनाएको हो।
विज्ञप्तिमा नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रको अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै नीतिगत अस्पष्टता, व्यावहारिक कठिनाइ र आधुनिक प्रविधिको अभावका कारण कृषकहरू अझै समस्यामा रहेको जनाइएको छ। पार्टीले कृषककै अनुभव र ज्ञानका आधारमा समस्या समाधानका उपाय संकलन गर्न खोजिएको स्पष्ट पारेको छ।
पार्टीका अनुसार संकलित सुझावका आधारमा कृषि आधुनिकीकरण, उत्पादन वृद्धि र कृषकको जीवनस्तर सुधारका लागि सरकारलाई रचनात्मक सुझाव दिइनेछ। साथै आवश्यक नीतिगत सुधारका लागि पैरवी गरिने पनि जनाइएको छ।
सुझाव दिन इच्छुक कृषक तथा सरोकारवालालाई आफ्ना समस्या र समाधानसहितका धारणा पत्राचारमार्फत पठाउन वा पार्टीको केन्द्रीय तथा जिल्ला कार्यालयमा उपस्थित भई बुझाउन अनुरोध गरिएको छ।
पार्टीले सुझाव दिन सकिने मुख्य क्षेत्रहरू पनि सार्वजनिक गरेको छ, जसमा नीतिगत तथा कानुनी सुधार, कृषि सहायता तथा समन्वय, उत्पादन शृंखला र बजारीकरण, उत्पादनपछिको मूल्य अभिवृद्धि, भुक्तानी प्रणाली, सिँचाइ तथा आधुनिक प्रविधिमा पहुँच, र जलवायु परिवर्तनसँग जुध्ने उपायहरू समेटिएका छन्।
रास्वपाले कृषककेन्द्रित नीति निर्माणका लागि देशव्यापी सहभागितामूलक प्रक्रिया अघि बढाइएको दाबी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण