सुकुमबासी बस्तीका घरटहरा हटाउने क्रममा २२ सुरक्षाकर्मी घाइते
सारांश
- भक्तपुरको मनोहरा खोला किनारमा अनधिकृत टहरा हटाउने क्रममा स्थानीयको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् ।
- प्रहरी र सशस्त्र प्रहरीको टोलीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार हुँदा प्रहरी नायब उपरीक्षकसहितका सुरक्षाकर्मी घाइते भएका हुन् ।
- बस्तीमा रहेका सात सय ७७ घरटहरामध्ये पक्की घर भत्काउने क्रममा उक्त झडप भएको हो ।
काठमाडौँ । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमबासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुमबासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । साँझ परेपछि सुकुमबासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले मनोहरा सुकुमबासी बस्तीमा घर भत्काउने क्रममा सुरक्षाकर्मीमाथि ढुङ्गा, इँटा र बोतल प्रहार भएको जानकारी दिए ।
उनले भने, “मनोहराका ८० प्रतिशत सुकुमबासीले दिउँसै सामान लगिसकेका थिए, थापाथली र ग्रैह्रीगाउँको सुकुमबासी बस्ती हटाएर डोजरसहितको टोली मनोहरा ल्याएपछि यहाँका संरचना भत्काउन थालिएको हो, प्रहरीले कुनै बल प्रयोग नगरी सामान सार्नेलाई सहयोग गर्दै घर भत्काउने क्रम सुरु भयो, पक्की घर भत्काउने क्रममा रातिको समयमा सुरक्षाकर्मीमाथि एकसाथ ढुङ्गा, इँटा र बोतल प्रहार भयो ।”
आक्रमणमा परी मध्यपुरथिमि प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गानासहित ११ प्रहरी घाइते भएका छन् । त्यसैगरी, आक्रमणमा सशस्त्र प्रहरी बल नं २२ दुवाकोटबाट खटिएका सशस्त्र प्रहरीका थप ११ जना घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक वासुदेव महतले जानकारी दिए । आइतबार बिहानैदेखि फेरि संरचना भत्काइने उनले बताए ।
मनोहरा सुकुमबासी बस्तीमा ७ सय ७७ घरटहरा रहेका छन् । बस्तीका सुनिल लामाले बस्ती छाड्दै गर्दा भने, “यहाँ अधिकांश घर भाडामा लगाइएका छन्, यहाँ सुरुमै टहरा बनाएर एक समूहले रु तीन लाखदेखि रु सात लाखसम्म तथा पक्की घर रु १८ लाखसम्ममा बिक्री गरेका छन् । हामी पनि टहरा किनेर बसेको १५ वर्ष भयो । सरकारले हामीजस्ता सुकुमबासीलाई उचित व्यवस्थापन गरोस्, त्यति भए पुग्छ ।”
सुकुमबासी बस्तीका बासिन्दासँग भाडा उठाउन कहीँ व्यक्ति नियमित आउने गरेका बताइएको छ । बस्तीका धेरैले भाडा तिर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
-
नेपाली कांग्रेसद्वारा विदेशस्थित जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकमा जुट्न निर्देशन
-
२० वर्षपछि विश्वकपमा फर्किएको चेक रिपब्लिकसँग भिड्दै एसियाली महारथी दक्षिण कोरिया
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक: ५ लाख ३८ हजारले प्राप्त गरे एनसीआईडी, १ लाख ४९ हजार प्रक्रियामा
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण