डोनाल्ड ट्रम्प र उच्च अधिकारीलाई लक्षित गरेर गाेली प्रहार भएको आशंका
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका उच्च अधिकारीहरूलाई लक्षित गरी वासिङ्टन डीसी हिल्टन होटलमा आयोजित करेस्पोन्डेन्ट्स डिनर समारोहको बीचमा गोली प्रहार भएको छ ।
- प्रहरीले ३१ वर्षीय कोल टोमस एलनलाई पक्राउ गरेको छ, जसले कार्यक्रम स्थल नजिकैको सुरक्षा जाँच बिन्दुमा गोली चलाएको आरोप छ ।
- प्रारम्भिक अनुसन्धानले राष्ट्रपति र उनका सहयोगीहरू सम्भावित लक्ष्य रहेको सङ्केत गरे पनि घटनाको उद्देश्य अझै स्पष्ट नभएको र यसलाई हत्या प्रयासको रूपमा व्याख्या गरिएको छ ।
वासिङ्टन डीसी । करेस्पोन्डेन्ट्स डिनरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रशासनका उच्च अधिकारीहरूलाई लक्षित गरेर गोली प्रहार भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । शनिबार राति वाशिङ्टनस्थित वासिङ्टन डीसी हिल्टन होटलमा ह्वाइट हाउसको करेस्पोन्डेन्ट्स डिनर समारोहको बिचमा गोली प्रहार भएको थियो ।
अभियुक्त ३१ वर्षीय कोल टोमस एलनलाई प्रहरीले पक्राउ गरेको छ । उनले कार्यक्रम स्थल नजिकैको सुरक्षा जाँच बिन्दुमा गोली चलाएको आरोप छ ।
कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चका अनुसार प्रारम्भिक अनुसन्धानले राष्ट्रपति र उनका सहयोगीहरू नै सम्भावित लक्ष्य रहेको सङ्केत गरेको छ, यद्यपि घटनाको उद्देश्य अझै स्पष्ट भइसकेको छैन ।
यस घटनाको अनुसन्धान सङ्घीय अनुसन्धान विभागको आपराधिक तथा आतंकवादसम्बन्धी विभागले गरिरहेको छ । घटना भएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए ।
उनले पत्रकारहरूसँग ‘यो पेसा भन्दा खतरनाक अरू केही होला जस्तो लाग्दैन’ भनेका थिए । व्हाइट हाउसले जारी गरेको वक्तव्यमा ट्रम्प निर्भिक रहेको उल्लेख गर्दै यसलाई हत्या प्रयासको रूपमा व्याख्या गरिएको छ ।
कार्यक्रमका क्रममा प्रथम महिला मेलनिया ट्रम्प र उपराष्ट्रपति जेडी भान्सलाई पनि सुरक्षाकर्मीहरूले सुरक्षित रूपमा बाहिर निकालेका थिए । ह्वाइट हाउस संवाददाता सङ्घका अध्यक्ष वेइजिया जियाङले आक्रमणलाई डरलाग्दो भन्दै टिप्पणी गरेका छन् ।
आइतबार, रात्रि भोजमा ट्रम्पको छेउमा बसेका जियाङले ‘हजारौँ पाहुनाहरूलाई सुरक्षित’ गर्ने कार्यहरूको लागि गोप्य सेवालाई धन्यवाद दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण