मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

लेबनानबाट आक्रमण बढ्ने चिन्ता, मेरोनको ठुलो धार्मिक समारोह रद्द

सोमबार, १४ वैशाख २०८३, १६ : ३०
सोमबार, १४ वैशाख २०८३

तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उत्तरी क्षेत्रमा सुरक्षा जोखिम बढेपछि माथिल्लो ग्यालिलीमा रहेको मेरोन पहाडमा 'लाग ओमर पर्व'का अवसरमा हुने ठुलो धार्मिक समारोह रद्द गर्ने निर्णय गरेका छन् ।

हरेक वर्ष हजारौँ श्रद्धालुहरू यहाँ भेला हुने गर्दछन् । तर दक्षिणी लेबनानबाट भइरहेका नयाँ प्रतिआक्रमणहरूका कारण सुरक्षा चिन्ता बढेको हो । 

इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीका अनुसार उत्तरी क्षेत्रमा सुरक्षा निकायले नयाँ प्रतिबन्धहरू लागु गरेपछि यो निर्णय लिइएको हो ।

प्रधानमन्त्रीको कार्यालयले जारी गरेको वक्तव्यमा सीमावर्ती क्षेत्रमा बढ्दो रकेट आक्रमण, कमजोर युद्धविराम अवस्था, र ठुलो भिडलाई आपतकालीन अवस्थामा सुरक्षित रूपमा हटाउन कठिन हुने कारण देखाइएको छ ।

मेरोन पहाड लेबनानको सीमासँग नजिक भएको अनि लेबनानी आक्रमण जारी रहेकोले ठुलो संख्यामा भेला हुनेहरूलाई सुरक्षित स्थानमा सार्न कठिन हुने भएकोले कार्यक्रम रद्द गरिएको नेतान्याहुको कार्यालयले एउटा विज्ञप्तिमा भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप