मे १ पछि ट्रम्पले इरानविरुद्धको युद्ध जारी राख्न सक्लान् ?
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही मे १ सम्म जारी राख्न सक्ने कानुनी समयसीमाको सामना गरिरहेका छन् ।
- १९७३ को युद्ध शक्ति संकल्पअनुसार, कांग्रेसको अनुमति बिना राष्ट्रपतिले सीमित समयसम्म मात्र सैन्य कारबाही सञ्चालन गर्न सक्छन् ।
- यद्यपि, कांग्रेससँग राष्ट्रपतिलाई यो निर्णय पालन गराउन स्पष्ट कानुनी उपाय नभएकोले व्यवहारमा यो प्रावधान लागू गर्न गाह्रो हुन सक्छ ।
वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही जारी राख्न कानुनी रूपमा समयसीमा सामना गरिरहेका छन् ।
दुई पक्षबीच शान्ति वार्ता अझै ठप्प भएको अवस्थामा युद्ध १९७३ को युद्ध शक्ति संकल्पअनुसार, अमेरिकी राष्ट्रपतिले सीमित समयसम्म मात्र कांग्रेसको अनुमति बिना सैन्य कारबाही सञ्चालन गर्न सक्न् । यस कानूनअनुसार ट्रम्पसँग मे १ सम्मको समय छ । त्यसअघि कंग्रेसबाट स्वीकृति पाएनन् भने, उनले सैन्य कारबाही घटाउन वा अन्त्य गर्नुपर्ने हुन्छ ।
यस्तो स्वीकृतिका लागि संसदको तल्लो सदन र माथिल्लो सदन दुबैमा साधारण बहुमतले संयुक्त प्रस्ताव पारित हुन आवश्यक हुन्छ । हालसम्म यस्तो स्वीकृति प्राप्त भएको छैन । कानुन विशेषज्ञ मरियम जमशिदीका अनुसार राष्ट्रपतिले रटण् दिनको विन्डो पिरियडलाई अरु ३० दिन बढाउन सक्छन् ।
तर त्यसका लागि उनले “अनिवार्य सैन्य आवश्यकता” भएको लिखित प्रमाण कांग्रेसलाई दिनुपर्छ । तर ९० दिनपछि, यदि कांग्रेसले युद्ध घोषणा नगरेको वा थप अनुमति नदिएको अवस्थामा, राष्ट्रपतिले अमेरिकी सेनाको तैनाथी अन्त्य गर्नुपर्ने कानुनी प्रावधान छ ।
यद्यपि व्यवहारमा यो यति सरल छैन । जमशिदीका अनुसार, कांग्रेससँग राष्ट्रपतिलाई यो निर्णय पालन गराउन स्पष्ट कानुनी उपाय छैन । विगतमा पनि केही राष्ट्रपतिहरूले यस प्रावधानलाई असंवैधानिक भन्दै बेवास्ता गरेका उदाहरण छन् । सैन्य कारबाही सञ्चालन गर्ने आधारको रूपमा उनीहरुले अधिकारका अन्य स्रोतहरू प्रयोग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण