आज यी जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको चेतावनी
सारांश
- मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ।
- महाशाखाका अनुसार कञ्चनपुर, डडेलधुरा, डोटी, बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी, नवलपुर, चितवन, बारा, पर्सा, धनुषा, झापा र मोरङ जस्ता जिल्लामा विशेष सतर्कता अपनाउन भनिएको छ।
- यो प्रणाली हाल देशको पश्चिमबाट पूर्वतिर सर्दै गइरहेको छ र यसको प्रभाव देशभरका धेरै ठाउँहरूमा पर्ने देखिएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष बुलेटिनमार्फत सचेत गराएको छ।
महाशाखाले आज अपराह्नदेखि भोलि बिहानसम्म आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।
महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। विशेषगरी सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेलधुरा र डोटी,लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी र बागमती प्रदेशको नवलपुर र चितवन, मधेस प्रदेशको बारा, पर्सा र धनुषा तथा कोशी प्रदेशको झापा र मोरङमा सतर्कता अपनाउन भनिएको छ।
हावाहुरी बुधबार अपराह्न ४:०० बजेदेखि सुरु भई बिहीबार बिहान ६ :४५ बजेसम्म कायम रहने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
मौसमविद्हरूका अनुसार मेघगर्जन, चट्याङ्ग र असिनासहित पानी पर्ने यो प्रणाली हाल देशको पश्चिमबाट पूर्वतिर सर्दै गइरहेको छ। यसको प्रभाव देशभरका धेरै ठाउँहरूमा पर्ने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण