शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

३० वर्षपछि एकसाथ काम गर्दै नागार्जुन र तब्बू

बिहीबार, १७ वैशाख २०८३, ०९ : ५६
बिहीबार, १७ वैशाख २०८३

सारांश

  • दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनले आफ्नो १००औं तेलुगु फिल्म 'किंग १००' को काम सुरु गरेका छन् ।
  • यस फिल्ममा बलिउडकी अभिनेत्री तब्बू पनि देखिने छिन्, जसले ३० वर्षपछि नागार्जुनसँग स्क्रिन सेयर गर्नेछिन् ।
  • यो जोडी सन् १९९६ को सफल फिल्म 'निन्ने पेल्लादाता' पछि पुनः 'किंग १००' मा सँगै देखिने छ ।

मुम्बई । दक्षिण भारतीय फिल्मका सुपरस्टार नागार्जुनले आफ्नो १००औं तेलुगु फिल्मको काम सुरु गरेका छन् । ‘किंग १००’ नाम दिइएको यस फिल्ममा बलिउडकी दिग्गज अभिनेत्री तब्बूको पनि अभिनय रहनेछ ।

फिल्मको छायाङ्कन समेत सुरु भइसकेको छ । अभिनेत्री तब्बूले आफ्नो इन्स्टाग्राममा एक तस्बिर साझा गर्दै फिल्ममा आफ्नो संलग्नता र छायाङ्कन सुरु भएको जानकारी दिएकी छन् । ‘किंग १००’ मार्फत तब्बू र नागार्जुन करिब ३० वर्षपछि पर्दामा सँगै फिल्ममा देखिन लागेका हुन् ।

यसअघि यो जोडी सन् १९९६ मा रिलिज भएको चर्चित रोमान्टिक फिल्म ‘निन्ने पेल्लादाता’मा देखिएको थियो । उक्त फिल्म निकै सफल मानिन्छ । अहिले तीन दशकपछि यी दुई कलाकारलाई पुनः एकसाथ हेर्न दर्शकहरू प्रतीक्षारत छन् । यद्यपि, फिल्मको कथा र अन्य कलाकारबारे विस्तृत जानकारी बाहिर आएको छैन ।

तब्बू हालै अक्षय कुमार र प्रियदर्शनको हरर–कमेडी फिल्म ‘भूत बंगला’ मा देखिएकी छिन् । यस फिल्ममा परेश रावल, राजपाल यादव र वामिका गब्बीको पनि मुख्य भूमिका छ । नागार्जुनको कुरा गर्दा उनी पछिल्लो समय रजनीकान्तको तमिल एक्सन फिल्म ‘कुली’मा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप