बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेइजिङमा ड्रोन बिक्रीमा प्रतिबन्ध

बिहीबार, १७ वैशाख २०८३, १७ : १२
बिहीबार, १७ वैशाख २०८३

बेइजिङ । चीनले राजधानी बेइजिङमा ड्रोन बिक्रीमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

शुक्रबारदेखि लागु हुने नयाँ नियमअनुसार ड्रोन र यसको मुख्य पार्ट्स किनबेच गर्न, भाडामा लगाउन वा सहरभित्र ल्याउन निषेध गरिनेछ । नयाँ प्रावधानअनुसार ड्रोन भएका व्यक्तिहरूले आफ्ना उपकरण अनिवार्य रूपमा प्रहरीमा दर्ता गर्नुपर्नेछ । साथै बाहिर उडाउने सबै ड्रोनका लागि पूर्वअनुमति आवश्यक हुनेछ । प्रयोगकर्ताले अनलाइन तालिम लिएर नियमसम्बन्धी परीक्षा पास गर्नुपर्नेछ ।

हालका वर्षहरूमा चीनले सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै ड्रोनसम्बन्धी नियमहरू क्रमशः कडा बनाउँदै आएको छ । यसअघि नै बेइजिङको अधिकांश हवाई क्षेत्रलाई 'नो ड्रोन जोन' घोषणा गरिसकिएको थियो । ड्रोन चीनका धेरै सहरहरूमा सामान्य भइसकेका छन् । खाना डेलिभरी, कृषि र भवन सफाइजस्ता काममा प्रयोग यसको प्रयोग भइरहेका छन् । यस्ता प्रविधि लो–अल्टिच्युड इकनोमीअन्तर्गत पर्छन्, जसलाई चीनले रणनीतिक प्राथमिकता दिएको छ । सन २०३५ सम्म यसले दुई ट्रिलियन युआनभन्दा बढीको आर्थिक योगदान अपेक्षा गरिएको छ । 

तर नयाँ नियमले ड्रोन प्रयोग झन जटिल बनाउने देखिएको छ । यदि कसैले ड्रोन मर्मतका लागि सहर बाहिर पठायो भने त्यसलाई पुनः ल्याउँदा आफैं उपस्थित हुनुपर्नेछ । साथै, सबै उडानका लागि हवाई ट्राफिक निकायको अनुमति आवश्यक हुनेछ । यद्यपि केही अपवादहरू पनि छन् । आतंकवादविरुद्धको कार्य, विपद् व्यवस्थापन जस्ता उद्देश्यका लागि सरकारी स्वीकृतिमा ड्रोन किन्ने र प्रयोग गर्ने अनुमति दिइनेछ । 

यी कडा नियमहरूले चीनको विशाल ड्रोन बजारमा असर पार्ने अनुमान गरिएको छ । सरकारी तथ्यांकअनुसार देशभर ३० लाखभन्दा बढी दर्ता भएका ड्रोनहरू छन् । विश्वकै ठूलो ड्रोन निर्माता डीजेआई चीनकै हो । नयाँ नियम लागु भएसँगै सहरमा रहेका डीजेआईका पसलहरूले ड्रोन र यससँग सम्बन्धित सामान हटाउन थालेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप