राष्ट्रिय सभा उपाध्यक्ष र चीनका राजदूतबिच भेटवार्ता
सारांश
- राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारी र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
- भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा कुराकानी भएको थियो।
- उपाध्यक्ष भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्धता दोहोर्याउँदै चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने बताइन्।
काठमाडाैँ । राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन् । राजदूत चाङले बिहीबार सिंहदरबारस्थित उपाध्यक्ष भण्डारीको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन्।
भेटमा दुई देशबिचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक सन्दर्भमा कुराकानी भएको थियो । भेटमा उपाध्यक्ष भण्डारीले नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याइन् । आफूहरू एक चीन नीतिप्रति सधैँ प्रतिबद्ध रहेको उनले बताइन् ।
उनले भनिन्,‘हामी हाम्रो भूमिमा चीनको हितविरुद्ध कुनै पनि गतिविधि हुन दिने छैनौँ’ । नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति चीनले दर्साउँदै आएको सम्मानलाई नेपालले सधैँ उच्च महत्त्व दिएको उनले जानकारी दिइन्।
आगामी दिनमा पनि नेपालको संविधान, असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार नै अगाडि बढ्ने चर्चा गर्दै उपाध्यक्ष भण्डारीले चीनले नेपालको पूर्वाधार विकास लगायत आर्थिक, सामाजिक क्षेत्रमा गरेको सहयोग अतुलनीय रहेको र आगामी दिनमा पनि सहयोग निरन्तर भइरहने विश्वास पनि व्यक्त गरिन् ।
चिनियाँ लगानीकर्ताहरूका लागि नेपाल एक आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको चर्चा गर्दै उपाध्यक्ष थापाले थप चिनियाँ लगानी आकर्षित तथा सहजीकरण गर्न नेपालले आफ्ना नीतिहरूलाई व्यवसायमैत्री र लगानीमैत्री गर्ने दिशामा सक्रियतापूर्वक कार्य गरिरहेको जानकारी पनि गराएकी थिइन्।
सो अवसरमा राजदूत चाङले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए । दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबिचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उँचाइमा उठेको पनि उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण