आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: पेट्रोल र डिजेलको मूल्य घट्दा बढ्यो ग्यासको मूल्य, सुकुमबासीलाई ढुक्क बनाउँदै सरकार

शुक्रबार, १८ वैशाख २०८३, ०० : ००
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • राष्ट्रपतिले सार्वजनिक खरिद र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
  • पेट्रोल र डिजेलको मूल्य घटेको छ भने ग्यासको मूल्य बढेको छ।
  • सरकारले वास्तविक सुकुमबासीको पहिचान गरी सुरक्षित व्यवस्थापनपछि मात्र सरकारी जग्गा खाली गर्ने नीति लिएको छ।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ–

१. दुई अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई अध्यादेश जारी गरेका छन् । उनले सार्वजनिक खरिद र सहकारीसम्बन्धी दुई अध्यादेश जारी गरेका हुन्।

२. घट्यो पेट्रोल डिजेलको मूल्य

३. लाइसेन्सबारे अदालत

सर्वोच्च अदालतले ट्राफिक नियम उल्लंघन गरेको आधारमा मात्रै चालकको लाइसेन्स ब्लुबुक र सवारीको साँचो नियन्त्रणमा लिनु गैरकानुनी हुने ठहर गरेको छ ।

न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले ट्राफिक प्रहरीको यस्तो कार्य अधिकार क्षेत्रको दुरुपयोग भएको भन्दै अबदेखि कागजात नियन्त्रणमा नलिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको हो ।

४. सुकुमबासीबारे सरकार

सरकारले वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन सुनिश्चित गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट नीति लिएको छ। यसले सुकुमबासी समुदायमा देखिएको अन्योल र त्रास कम गर्ने अपेक्षा गरिएको छ।

वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती नदी र त्यसका सहायक किनारका बस्तीहरूलाई लक्षित गर्दै सरकारले विशेष अभियान सञ्चालन गरिरहेको छ। जनधनको सुरक्षालाई प्राथमिकतामा राख्दै थापाथली, शान्तिनगर, गैरीगाउँ, गोठाटार बुद्धचोक र मनोहरा क्षेत्रका जोखिमयुक्त बस्तीहरू सुरक्षित रूपमा खाली गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप