बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आक्रमणमा क्षतिग्रस्त विश्वविद्यालयलाई सङ्ग्रहालय बनाउँदैछ इरान

आइतबार, २० वैशाख २०८३, १३ : १५
आइतबार, २० वैशाख २०८३

सारांश

  • इरानले अमेरिका-इजरायलको संयुक्त आक्रमणबाट क्षतिग्रस्त इस्फहान प्रविधि विश्वविद्यालय परिसरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना बनाएको छ ।
  • विश्वविद्यालयका प्रमुख जफरोल्लाह कलन्तरीले आक्रमणबाट प्रभावित स्थललाई यथावत् राखेर युद्ध सङ्ग्रहालय बनाइने बताएका छन् ।
  • नयाँ भवन र उपकरणका लागि विश्वविद्यालयको नयाँ स्थान छुट्ट्याइएको छ ।

तेहरान । इरानले अमेरिका–इजरायलको संयुक्त आक्रमणबाट क्षतिग्रस्त एउटा विश्वविद्यालय परिसरलाई सङ्ग्रहालयमा रूपान्तरण गर्ने योजना बनाएको छ । एएफपीका अनुसार इरानी अधिकारीहरूले उक्त जानकारी दिएका हुन् । 

केन्द्रीय इरानमा रहेको इस्फहान प्रविधि विश्वविद्यालयका प्रमुख जफरोल्लाह कलन्तरीले आक्रमणबाट प्रभावित स्थानलाई यथावत् राखेर युद्ध सङ्ग्रहालय बनाइने बताएका छन् । उनले भने, “हाल क्षतिग्रस्त रहेको स्थललाई इतिहासमा देशमाथि भएको वैज्ञानिक दमनको प्रमाणका रूपमा सुरक्षित राखिनेछ ।” 

इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार विश्वविद्यालयका लागि नयाँ भवन निर्माण र अत्याधुनिक उपकरण व्यवस्थापनका लागि अर्को स्थान छुट्ट्याइएको पनि कलन्तरीले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप