सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरको भैँसेमा सुमोको ठक्करबाट मोटरसाइकल चालक घाइते

आइतबार, २० वैशाख २०८३, १५ : १०
आइतबार, २० वैशाख २०८३

सारांश

  • मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा ना.१ ज ३३५४ नम्बरको सुमोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक गम्भीर घाइते भएका छन् ।
  • दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि हेटौँडा पठाइएको छ ।
  • घटनास्थलमा पुगेको प्रहरी टोलीले सुमो चालकलाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–२ स्थित भैँसेमा सुमोले मोटरसाइकललाई ठक्कर दिएको छ । 

आइतबार हेटौंडाबाट काठमाडौँ आउँदै गरेको ना.१ ज ३३५४ नम्बरको सुमोले ठक्कर दिँदा बागमती प्रदेश–०२–०५४ प १८११ नम्बरको मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । 

मोटरसाइकल विपरीत दिशाबाट हेटौँडातर्फ जाँदै थियो । दुर्घटनामा परेर घाइते भएका चालकलाई उपचारको लागी हेटौँडा पठाइएको दुर्घटनाका प्रत्यक्षदर्शी विजय शाहले रातोपाटीलाई बताए । 

घटना स्थलमा ट्राफिक प्रहरी दिवस कुमार चौरसिया नेतृत्वको टिम पुगेको छ । टाटा सुमो चालक प्रहरीको नियन्त्रणमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप