नवनियुक्त आईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान
सोमबार, २१ वैशाख २०८३, ०९ : ४१
सारांश
- सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
- गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
- नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेबाट लागु हुने गरी नारायणदत्त पौडेललाई आईजी नियुक्त गरेको थियो ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका नवनियुक्त आईजी नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् ।
_PXQYLR6lj5.jpg)
नेपाल सरकार मन्त्रिपरिषद्ले वैशाख १९ गतेबाट लागु हुने गरी नारायणदत्त पौडेललाई आईजी नियुक्त गरेको थियो । यसअघिका आईजी राजु अर्याल अवकाशमा गएसँगै पौडेललाई नयाँ आईजी नियुक्त गरिएको थियो । अर्याल र पौडेल ब्याचमेट हुन् ।
_ecgE3vfwf6.jpg)
आईजीको चार वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाएका अर्यालले २०७९ वैशाख १९ बाट सशस्त्र प्रहरीको कमान्ड समालेका थिए । सशस्त्र प्रहरीमा आईजीको पदावधि ४ वर्ष हुने व्यवस्था छ । २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका अर्याल सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण