सुकुमबासी आन्दोलित भएपछि पोखराका मेयर भन्छन्, ‘आन्दोलन होइन, सहयोग गर्नुस्’
सारांश
- पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर रहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गरेका छन् ।
- सुकुमबासीहरूले विना विकल्प राज्यले हटाउन लागेको भन्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
- मेयर आचार्यले सुकुमबासी बस्तीलाई मानव ढालको रूपमा प्रयोग नगर्न र अनावश्यक उत्तेजनामा नआउन अपिल गर्दै निस्सा वितरण गरिसकेको जानकारी दिएका छन् ।
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गरेका छन् ।
विना विकल्प राज्यले हटाउन लागेको भन्दै सुकुमबासीहरूले सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।
आचार्यले सुकुमबासी बस्तीलाई मानव ढालको रूपमा प्रयोग नगर्न र अनावश्यक उत्तेजनामा नआउन अपिल गरेका हुन् । सुकुमबासी समस्या समाधानको पहिलो चरणको रूपमा पोखराले निस्सा वितरण गरिसकेको छ । `बसोबासका लागि अस्थायी प्रमाण (निस्सा) वितरण गर्ने सम्भवतः पोखरा पहिलो हो,´ उनले भने, `निस्सा प्राप्त गर्नुभएका नागरिकहरूको यथार्थ छानबिन गर्ने कार्य भइरहेको छ ।´
निस्सा प्राप्त गरेकाहरूको हकमा दुईवटा विकल्पबाट व्यवस्थापन गर्ने महानगरले जनाएको छ । हाल बसोबास गरिरहेको ठाउँ जोखिमरहित भएको र सरकारी परियोजनाका लागि आवश्यक नपर्ने देखिएमा सोही स्थानमा व्यवस्थापन गर्ने र बसोबास गरेको ठाउँ जोखिमपूर्ण वा सार्वजनिक आयोजनाका लागि आवश्यक भएमा नियमानुसार वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने मेयर आचार्यले सुनाए ।
पछिल्लो समय अतिक्रमित क्षेत्र खाली गराउने महानगरको सूचनापछि समस्या गिजोल्ने प्रयास भइरहेको उनको आरोप छ । `प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरूले आन्दोलन गर्न आवश्यक छैन । महानगर तपाईंहरूको समस्या समाधानका लागि जिम्मेवार छ,´ उनी अघि भन्छन्, `कृपया कसैको स्वार्थका लागि प्रयोग नहुनुहोस् ।´
उनले सुकुमबासीहरूलाई आफ्ना माग र सुझावहरू राख्नका लागि सङ्घर्ष समिति गठन गर्नुको सट्टा सहयोग तथा सहजीकरण समिति गठन गर्न सुझाए । महानगरले कानुनसम्मत ढङ्गले वास्तविक सुकुमबासीको पहिचान र व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न सबै सरोकारवाला पक्षलाई आह्वान गरेको छ । पोखराका सुकुमबासीले आज प्रधानमन्त्री र मेयरलाई ज्ञापनपत्र बुझाउने तयारी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनरूपी विकृत युगको साक्षी भयौँ, साझेदार भएनौँ : गगन थापा
-
यस वर्ष ६ दिन ढिलो गरी नेपाल भित्रियो मनसुन
-
थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा
-
सरकारी सूचनामा निजी मिडियामाथि विभेद भएको भन्दै पत्रकार महासङ्घको र्याली
-
कङ्गोमा घातक इबोलाको प्रकोप द्रुत गतिमा फैलिँदै
-
रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण