अपडेट
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सोमबार, २१ वैशाख २०८३, ११ : २२
सारांश
- सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
- बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।
- साथै संसद् अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको छ ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि सुरु भएको हो ।
आजको बैठकमा सङ्घीय सरकारका केही मन्त्रालय खारेज र केही गाभ्ने विषयमा कार्यदलको प्रतिवेदनमाथि छलफल गरेर निर्णय गर्ने बुझिएको छ ।
साथै आजको बैठकमा संसद् अधिवेशन आह्नवान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने बारेमा समेत छलफल हुनसक्ने बुझिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा गठित ५ सदस्यीय कार्यदलले सङ्घमा १७ मन्त्रालय रहने प्रस्ताव तयार गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण