मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आर्केडिया ताल नजिक पार्टीमा गोलीबारी, १० जना घाइते

सोमबार, २१ वैशाख २०८३, १३ : ४२
सोमबार, २१ वैशाख २०८३

वासिङ्टन डीसी । अमेरिकाको ओक्लाहोमा सहर नजिक आइतबार राति भएको एक गोलीकाण्डमा कम्तीमा १० जना घाइते भएका छन् । यस घटनामा अहिलेसम्म कोही संदिग्ध समातिएका छैनन् ।

इडमन्ड प्रहरी विभागका अनुसार राति करिब ९ बजे आर्केडिया तालमा आयोजित ठुलो पार्टीमा गोली चलेको खबर आएपछि प्रहरी घटनास्थल पुगेका थिए । घाइतेहरूलाई आपतकालीन सेवामार्फत ओक्लाहोमा आसपासका विभिन्न अस्पतालमा लगिएको छ । उनीहरूको अवस्था फरक–फरक रहेको बताइएको छ ।

प्रहरीका प्रवक्ता एमली वार्डले हालसम्म कुनै संदिग्ध पक्राउ नपरेको जानकारी दिएकी छिन् । यद्यपि, सर्वसाधारणका लागि तत्काल खतरा रहेको सङ्केत भने नदेखिएको उनले बताइन् । 

घटनास्थलमा ओक्लाहोमा सिटी पुलिस र ओक्लाहोमा राजमार्ग गस्ती पनि खटिएका थिए । प्रहरीका अनुसार उक्त कार्यक्रम ठुलो जमघट थियो र सहभागीमध्ये धेरैजसो युवा थिए । प्रहरीले घटनाको छानबिन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप