उडान डेटा भन्छ– १३२ जनाको ज्यान गएको हवाई दुर्घटना जानाजान गराइएको थियो
बेइजिङ । सन २०२२ मा भएको चाइना इस्टर्न एयरलाइन्सको फ्लाइट एमयू ५७३५ दुघर्टना जानाजान गराइएको हुन सक्ने संकेत प्राप्त भएको छ ।
घटना भएको चार वर्षभन्दा बढी समयपछि सार्वजनिक गरिएको उडान डेटाले यस्तो देखाएको हो । चीनको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार बोइङ ७३७–८०० विमान दुवै इन्जिनका इन्धन स्विचहरू एकैचोटि बन्द गरिएका थिए । विमान २९ हजार फिट उचाइबाट अचानक झर्दै दक्षिणी चीनको ग्वाङ्सी क्षेत्रमा पहाडमा ठोक्किएको थियो, जसमा सवार सबै १३२ जनाको ज्यान गएको थियो । यो दुर्घटना पछिल्ला दशकहरूकै सबैभन्दा घातक हवाई दुर्घटनामध्ये एक मानिन्छ ।
एनटीएसबीले सूचना स्वतन्त्रता अनुरोधपछि सार्वजनिक गरेको विवरणअनुसार उडान क्रममा इन्धन स्विच 'रन' अवस्थाबाट 'कटअफ'मा सारिएको थियो, जसका कारण इन्जिनको गति घट्दै गएको थियो । यो डेटा विमानको फ्लाइट डेटा रेकर्डर (ब्ल्याक बक्स)बाट प्राप्त गरिएको हो । यसलाई दुर्घटनास्थलबाट निकालेर वाशिङ्टन डीसीस्थित प्रयोगशालामा विश्लेषण गरिएको थियो ।

व्यावसायिक विमानमा प्रयोग हुने इन्धन स्विचहरू भौतिक नियन्त्रण प्रणाली हुन्, जसलाई रनबाट कटअफमा सार्नुअघि पाइलटले पहिले तान्नुपर्ने हुन्छ । यो अनायासै बन्द हुने सम्भावना निकै कम हुन्छ ।
सीएनएनका उड्डयन सुरक्षा विश्लेषक डेभिड सौसीका अनुसार यो तथ्यांकले दुर्घटनाभन्दा ठीकअघि इन्धन स्विचहरू मानवीय रूपमा बन्द गरिएको स्पष्ट देखाउँछ । तर, चीनको नागरिक उड्डयन प्रशासले हालसम्म पनि किन विमान अचानक झर्यो भन्ने मुख्य प्रश्नको स्पष्ट उत्तर दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण