न्यूयोर्कमा भवनमा आगलागी हुँदा ३ जनाको मृत्यु, ९ जना घाइते
सोमबार, २१ वैशाख २०८३, २२ : ३२
न्यूयोर्क । अमेरिकी सहर ‘अपर म्यानह्याटन’ स्थित एक अपार्टमेन्ट भवनमा सोमबार बिहान आगलागी हुँदा तीन जनाको मृत्यु भएको अग्नि नियन्त्रक अधिकारीले जनाएका छन् ।
घटनामा अन्य १४ जना घाइते भएका बताइएको छ। दमकल विभागका अधिकारीले दिएको जानकारीमा स्थानीय समयअनुसार बिहानै १२ः ३५ बजे भवनको दोस्रो तलामा आगलागी भएको जानकारी प्राप्त भएको र बिहान ३ः ०० बजेसम्म आगो नियन्त्रणमा लिन नसकिएको बताइएको छ।
घटनास्थलमा रहेका एक उद्धारकर्मीका अनुसार आगलागीमा परेका तीन जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने अन्य नौ जनालाई अस्पताल पठाइएको छ ।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको र आगलागीबाट १०० भन्दा बढी मानिस विस्थापित भएका अधिकारीहरूले बताएका छन् । न्यूयोर्कमा यसै बर्ष भएको अर्को एक आगलागीको घटनामा परी ३६ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण