मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

आश्रमदेखि सेवा दिँदै आएको वडा कार्यालय अब आफ्नै भवनमा

मङ्गलबार, २२ वैशाख २०८३, १५ : २१
मङ्गलबार, २२ वैशाख २०८३

बागलुङ । गलकोट नगरपालिकाको वडा नं. ३ स्थित हटियामा एक करोड ५० लाख रुपैयाँमा वडा कार्यालय निर्माण भएसँगै शिवालय आश्रमदेखि सेवा दिँदै आएको वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा दिने भएको छ ।

स्थानीयले सङ्कलन गरेको ५० लाख रुपैयाँ र नगरपालिकाको ५० लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ लागतमा दुई रोपनी जग्गामा वडा कार्यालय निर्माण गरेको वडाध्यक्ष फमबहादुर खत्रीले जानकारी दिए।

अध्यक्ष खत्रीले भने, “लामो समयसम्म हामीले आश्रमबाट वडा कार्यालय सञ्चालन गर्‍यौँ, यहाँबाट सेवा प्रवाह गर्दै विभिन्न समस्याहरु भोग्नु परेको थियो, अब आफ्नै भवनबाट व्यवस्थित रुपमा सेवा प्रवाह गर्न सहज हुनेछ।”

सो भवन निर्माणसँगै गलकोटका ११ वटै वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप