मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपाल लाइफले मनायो २५औँ वार्षिकोत्सव, देशभर रक्तदान र निःशुल्क स्वास्थ्य शिविर आयोजना

बुधबार, २३ वैशाख २०८३, ०३ : ४५
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा देशभर रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ ।
  • कम्पनीले प्रधान कार्यालयमा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १ जनाले ईसीजी, थाइराइड, सुगर, प्रेसर, कोलेस्ट्रोल जस्ता परीक्षणका साथै विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा लिएका छन् ।
  • सातै प्रदेशका १३ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट कुल ५०५ पिन्ट रगत संकलन भएको छ ।

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा देशभर बृहत् रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै यही वैशाख २१ र २२ गते वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमहरू आयोजना गरेको हो ।

कम्पनीले प्रधान कार्यालयमा आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय १ जनाले लाभ लिएका छन् । 

शिविरमा ईसीजी, थाइराइड, सुगर, प्रेसर, कोलेस्ट्रोल जस्ता परीक्षणका साथै विशेषज्ञ डाक्टरहरूबाट परामर्श सेवा प्रदान गरिएको थियो ।

यसै अवसरमा, कम्पनीले सातै प्रदेशका १३ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट कुल ५०५ पिन्ट रगत संकलन भएको छ ।

वार्षिकोत्सवमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई यहाँसम्म ल्याइपुऱ्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सबैको विश्वास र सहकार्य निरन्तर पाउने अपेक्षा राखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप