अक्षय कुमारले लिए अभिनयबाट ब्रेक, कारण के ?
सारांश
- बलिउड अभिनेता अक्षय कुमारले आँखाको शल्यक्रियाका कारण फिल्मबाट छोटो विश्राम लिएका छन् ।
- उनले मे ६ मा भिजन करेक्सनका लागि आँखाको माइनर सर्जरी गराएका हुन् ।
- शल्यक्रियापछि चिकित्सकको सल्लाह अनुसार उनी केही दिन आराम गर्नेछन् ।
मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले फिल्मबाट ब्रेक लिएका छन् । वर्षमा ३ देखि ४ फिल्म दिँदै आएका उनले अभिनयबाट छोटो विश्राम लिएका हुन् । उनको ब्रेकको मुख्य कारण आँखाको शल्यक्रिया (सर्जरी) बताइएको छ ।
बलिउड मिडियाका अनुसार अक्षय कुमारको मे ६ को बिहान आँखाको एउटा ‘माइनर सर्जरी’ गराएका छन् । यो ‘भिजन करेक्सन’का लागि गरिएको शल्यक्रिया थियो । शल्यक्रियापछि चिकित्सकको सल्लाह अनुसार अक्षय अब केही दिनका लागि विश्राममा रहनेछन् र आफ्नो स्वास्थ्यमा केन्द्रित हुनेछन् ।
अक्षयले भर्खर फिल्म ‘केरलम’को सुटिङ सकाएका हुन् । मे ५ मा सुटिङ सकेका उनी मे ६ को बिहानै अस्पताल भर्ना भएका थिए । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै केरलमको तालिका पूरा भएको जनाएका छन् । उनले भनेका छन्, ‘सुन्दर ठाउँमा राम्रा मानिसहरूसँग काम गर्नु भन्दा राम्रो अरू केही हुँदैन । हाम्रा निर्देशक अनीस बज्मी, सह–कलाकारहरू विद्या बालन, राशि खन्ना र सम्पूर्ण टोलीलाई धन्यवाद । यो प्रोजेक्ट मेरो लागि निकै खास रहेको छ ।’
अक्षय कुमार बलिउडमा सबैभन्दा धेरै फिल्म गर्ने अभिनेता । पछिल्लो समय उनको हरर कमेडी फिल्म ‘भूत बंगला’ प्रदर्शनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण