फेवातालमा फसेका ५ भारतीय नागरिकको उद्धार
बिहीबार, २४ वैशाख २०८३, २० : १०
सारांश
- पोखराको फेवातालमा हावाहुरी र छालले बोट फस्दा ५ भारतीय नागरिकलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।
- पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा बिहीबार यो घटना भएको हो ।
- सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको छ ।
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२२ पुम्दी भुम्दी लेकहाउस नजिकै फेवातालमा अचानक आएको हावाहुरी र छालको कारण बोटमा फसेका ५ जना भारतीय नागरिकहरूलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । बिहीबार ती भारतीय नागरिकहरूको उद्धार गरिएको हो ।
फेवातालमा काठको बोटमा सवार उनीहरू फसेको भन्ने खबर पाउनासाथ फेवाताल वाच एन्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण