बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने

शुक्रबार, २५ वैशाख २०८३, १४ : ५३
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • स्वास्थ्य बीमा बोर्डको एकीकृत डाटा व्यवस्थापन केन्द्रको सर्भर रिप्लेस गर्नुपर्ने भएकाले बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा शुक्रबार साँझ ६ बजेदेखि राति ९ बजेसम्म अवरुद्ध हुने भएको छ ।
  • स्वास्थ्य बीमा बोर्डले सेवाग्राहीहरूलाई पर्न जाने असुविधाका लागि क्षमा मागेको छ ।
  • बोर्डले सो समयसम्मका दाबीहरू अनिवार्य रूपमा गरी सक्नुहुन सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनुरोध गरेको छ ।

काठमाडौँ । बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने भएको छ । शुक्रबार स्वास्थ्य बीमा बोर्डले एक सूचना जारी गर्दै  आज(शुक्रबार) साँझ ६ बजेदेखि राति ९ बजेसम्म सूचना प्रणालीको सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

स्वास्थ्य बीमा बोर्डको एकीकृत डाटा व्यवस्थापन केन्द्र (राष्ट्रिय सूचना प्रविधि केन्द्र) मा सञ्चालनमा रहेको सर्भरलाई रिप्लेस गर्नुपर्ने भएकोले सेवा  अवरुद्ध हुने जानकारी दिइएको छ । 

यसबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधाको लागि बोर्डले क्षमा समेत मागेको छ । 

साथै, सो समय सम्मका दाबीहरू अनिवार्य रूपमा गरी सक्नुहुन सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूमा अनुरोध समेत गरिएको छ। 

683614557_28031458193152588_5673235856853030760_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप