बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिवि परीक्षा नियन्त्रण कार्यालयद्वारा आधिकारिक फेसबुक पेज सञ्चालन

शुक्रबार, २५ वैशाख २०८३, २२ : ३८
शुक्रबार, २५ वैशाख २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थी, अभिभावक र सरोकारवालालाई सूचना सहजै उपलब्ध गराउन आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।
  • यस पेजमार्फत परीक्षा सम्बन्धी सूचना, नतिजा र अन्य महत्त्वपूर्ण जानकारी नियमित रूपमा प्रकाशन गरिनेछ ।
  • यो फेसबुक पेजलाई त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट पनि 'एक्सेस' गर्न सकिनेछ ।

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई छिटो, सरल र प्रभावकारी रूपमा सूचना उपलब्ध गराउने उद्देश्यले आफ्नो आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।

कार्यालयले शुक्रबार एक जरुरी सूचना जारी गर्दै परीक्षा सम्बन्धी सम्पूर्ण सूचना, परीक्षाको नतिजा तथा अन्य महत्त्वपूर्ण जानकारीहरू उक्त फेसबुक पेजमार्फत नियमित रूपमा प्रकाशन गरिने जनाएको छ । क्याम्पस, विद्यार्थी र अभिभावकहरूलाई सूचनाको पहुँचमा सहजता प्रदान गर्न यो कदम चालिएको जनाएको छ ।

सञ्चालनमा ल्याइएको फेसबुक पेजलाई त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटबाट पनि ‘एक्सेस’ गर्न सकिने कार्यालयले जनाएको छ ।

tu notice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप