अशोक सिलवाल बने 'गाउँ पर्यटन दूत'
काठमाडौँ । लाङटाङ सद्भावना दूतसमेत रहेका लेखक तथा पत्रकार अशोक सिलवाल 'गाउँ पर्यटन दूत' नियुक्त भएका छन् । गाउँ पर्यटन प्रवर्धन मञ्च (भिटोफ) नेपालले सिलवाललाई गाउँ सद्भावना दूतमा नियुक्त गरेको हो ।
पत्रकारिता, लेखन र पर्यटनमा उत्तिकै सक्रिय सिलवाल यसअघि यस संस्थाका सल्लाहकार थिए । एभरेस्टस् एन अनफिनिस्ड स्टोरी, अप्प दीपो भवस्, ‘श्रीलंका स्मृति’ लगायत लेखक सिलवाल वृत्तचित्र निर्देशक पनि हुन् । पछिल्लो समय सिलवाल हिमालयदेखि महासागरसम्मको नेपाल किताब यात्रामा छन् ।
संसारको शिर सगरमाथा आधारित भए पनि भुइँतिर फर्किएको गन्तव्यभन्दा यात्रा महत्त्वपूर्ण हो भन्ने 'एभरेस्टस् एन अनफिनिस्ड स्टोरी', आत्मरुपान्तरणको कथा बोल्ने 'अप्प दीपो भवः र महासागरमा हिमालय अनुभूति गर्दै प्रकृतिको एकरुपता प्रकट गर्ने ‘श्रीलंका स्मृति’ समेटिएको 'एचटुओ' नेपाल किताब यात्रा देशको ७७ वटै जिल्लामा पुग्दै छ ।
यसअघि सिलवालले पशुपतिनाथदेखि मायादेवी मन्दिरसम्म अप्प दीपो भवः यात्रा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण