मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

किरातीलाई काेशीकाे मुख्यमन्त्रीमा अघि सार्ने श्रम संस्कृति पार्टीको तयारी, हर्कले मागे राय

आइतबार, २७ वैशाख २०८३, ०९ : १९
आइतबार, २७ वैशाख २०८३

काठमाडौँ । हालै श्रम संस्कृति पार्टी प्रवेश गरेका सुदन किरातीलाई सो पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी गरेको छ । पूर्वमन्त्रीसमेत रहेका किरातीलाई मुख्यमन्त्रीमा अघि सार्न अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत राय मागेका छन् । 

उनले लेखेका छन्– 'हाम्रा पार्टीबाट श्रमदाता सुदन किराती ज्युलाई प्रदेश १ को मुख्य मन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !'

किराती दुई दिनअघिमात्र  औपचारिक रूपमा श्रम संस्कृति पार्टी प्रवेश गरेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप