वैभव सूर्यवंशीले बनाए नयाँ विश्व कीर्तिमान
सारांश
- आईपीएल २०२६ मा १५ वर्षीय वैभव सूर्यवंशीले टी-२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने विश्व कीर्तिमान बनाएका छन्।
- उनले ५१४ बलमा १०० छक्का प्रहार गर्दै किरोन पोलार्डको ८४३ बलको कीर्तिमान तोडेका हुन्।
- यसै खेलमा गुजरात टाइटन्सले रनको अन्तरका आधारमा आफ्नो इतिहासकै सबैभन्दा ठूलो जित हासिल गर्यो।
जयपुर । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा १५ वर्षीय किशोर वैभव सूर्यवंशीले अर्को एउटा ऐतिहासिक उपलब्धि आफ्नो नाममा गरेका छन्।
राजस्थान रोयल्सका यी ब्याटरले टी–२० क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का पूरा गर्ने कीर्तिमान बनाएका हुन्। उनले मात्र ५१४ बलको सामना गर्दै यो सफलता हात पारे।
यसअघि यो रेकर्ड वेस्ट इन्डिजका आक्रामक ब्याटर किरोन पोलार्डको नाममा रहेको थियो, जसले १०० छक्का प्रहार गर्न ८४३ बल खर्चेका थिए। गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थानका लागि आक्रामक सुरुवात गरेका वैभवले ३६ रन बनाएर आउट हुनुअघि नै यो कोसेढुङ्गा पार गरे। उनलाई मोहम्मद सिराजले आउट गराएका थिए।
सवाई मानसिंह स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले शुभमन गिल, साई सुदर्शन र वासिङ्टन सुन्दरको उत्कृष्ट ब्याटिङको मद्दतले २२९ रनको बलियो योगफल तयार पारेको थियो। सो खेलमा गुजरातले रनको अन्तरका आधारमा आफ्नो इतिहासकै सबैभन्दा ठूलो जित हासिल गर्यो। यसअघि गुजरातको सबैभन्दा ठूलो जित ६२ रनको थियो।
यसैगरी, खेलको पहिलो ओभरमै राजस्थानका जोफ्रा आर्चरले नमिठो रेकर्ड बनाए। उनले आफ्नो पहिलो ओभर पूरा गर्न ११ बल फालेका थिए। जसमा ४ वाइड र एक नो–बलसहित १८ रन खर्चिए। यो आइपीएल इतिहासकै संयुक्त रूपमा सबैभन्दा लामो ओभर समेत बन्न पुग्यो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण