भेडासिंह घटनाः इन्द्रचोकमा क्याफे चलाउने युवकले बनाएका थिए लुट्ने योजना
सारांश
- काठमाडौँको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने समूहका दुई जनालाई पसलमा काम गर्ने सजिना शाक्यले प्रतिकार गरेर भगाइन् ।
- इन्द्रचोकमा क्याफे चलाउने अरुण भुजेलले सो लुटको योजना बनाएको र प्रहरीले उनलाई ललितपुरका हरिकृष्ण महर्जन र विकेश राजबाहक सहित पक्राउ गरेको छ ।
- यस समूहले २०८२ पुस २१ मा न्युरोडस्थित मासागल्लीमा पनि ४ लाख नगद, आइफोन र २ तोलाको सिक्री लुटेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौँ । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा पेस्तोल देखाएर लुट्न खोज्ने समूहका दुई जनालाई पसलमा काम गर्ने सजिना शाक्यले प्रतिकार गरेर भगाइन् ।
वैशाख १७ मा बबिता रौनियारले सञ्चालन गरेको नैना एण्ड इशान ज्वेलरी पसलमा प्रवेश गरेर लुट्न खोज्नेहरूले पेस्तोल देखाउँदा पनि शाक्यले उच्च साहसका साथ प्रतिकार गरेकी हुन् । आईजीपी दान बहादुर कार्कीले काठमाडौंको वटुमा बस्दै आएकी सजिनालाई प्रहरी प्रधान कार्यालयमा बोलाएर सम्मान गरे । सम्मानपछि शाक्यले भनिन्, ‘ दुईजना चोर म काम गर्ने ठाउँमा लुट्न आए, मैले प्रतिकार गरेँ, सवैलाई भन्छु आँट गर्नुस साहस गर्नुस ।’
पसलमा प्रवेश गरेर सटर तान्दै पेस्तोल देखाउने दुईजना र बाहिर रेकी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । आरोपी पक्राउ गरेकोमा प्रहरीलाई सजिनाले धन्यवाद भनिन् ।
वैशाख १७ मा भएको सो लुटको योजनाकार इन्द्रचोक नजिकै क्याफे चलाउने युवक भएको खुलेको छ । इन्द्रचोकमा क्याफे सञ्चालन गर्दै आएका अरुण भुजेलले लुट्ने योजना बनाएको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले भुजेल, ललितपुरको महालक्ष्मी नगरपालिका–६ घर भएका हरिकृष्ण महर्जन र विकेश राजबाहकलाई पक्राउ गरेको छ ।
क्याफे सञ्चालक भुजेलले करिब १२ वर्षअघि देखी नै सजिनालाई चिन्थे । एक्लै पसलमा बसेको मौका छोपेर उनले नै योजना बनाएर पेस्तोल लिएर लुट्न गएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
पीडितले चिन्नसक्ने हुनाले उनीहरूले ३ तहको हुलिया परिवर्तन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुट्न जानुअघि तीनै जना फरक कपडामा थिए । लुट्न जाँदा र लुट्न नसकेर फर्किएपछि उनीहरूले हुलिया परिवर्तन गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । लुट्ना जाँदा लगाएको कपडा उनीहरूले घटनास्थलनजिकै गल्लीमा छाडेर आफ्नो हुलिया परिवर्तन गरेका थिए ।
आरोपी अरुण भुजेलको साथबाट घटनास्थलमा लुट्न प्रयोग गरिएको पेस्तोल प्रहरीले बारमद गरेको छ ।
सो समूहले २०८२ पुस २१ मा पनि न्युरोडस्थित मासागल्लीमामा ४ लाख नगद, आइफोन र २ तोलाको सिक्री लुटेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी कौशल बुढाथोकीले रातोपाटीलाई बताए । उनले भने, ‘मासागल्लीमा भएको लुटपाटमा पनि यही टिमको संलग्नता देखिएको छ, थप अनुसन्धान हुँदै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण