मधेस प्रदेश
मधेस सरकारलाई निरन्तरता दिने चार दलको निर्णय
विश्वासको मत पनि लिने
आइतबार, २७ वैशाख २०८३, १७ : ११
सारांश
- मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् ।
- आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको छ ।
- यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ ।
जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी सत्ता साझेदार दलहरूले वर्तमान सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन् । आइतबार बसेको सत्ता साझेदार दलका बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई समर्थन कायम राख्दै विश्वासको मत दिने निर्णय गरेको छ ।
निर्णयमा कांग्रेसको तर्फबाट दलका नेता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, नेकपाका संसदीय दलका नेता युवराज भट्टराई र लोसपा संसदीय दलका नेता जयनुल राइनले हस्ताक्षर गरेका छन् ।
सत्ता साझेदार दलहरूको यस निर्णयसँगै मधेस प्रदेश सरकार तत्कालका लागि स्थिर रहने सङ्केत देखिएको छ । विपक्षी दलहरूको गतिविधि र आगामी विश्वासको मत प्रक्रियाले प्रदेशको राजनीतिक समीकरणलाई थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण