निर्धारित सपथ वाक्यांशभन्दा बाहिर गएपछि विजयलाई राज्यपालले रोके
सारांश
- दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बनेका छन् ।
- सपथ ग्रहणका क्रममा राज्यपालले निर्धारित सपथ वाक्यांशभन्दा बाहिर गएका मुख्यमन्त्री विजयलाई रोकेका थिए ।
- मुख्यमन्त्री विजयले पदभार ग्रहण गरेलगत्तै २०० युनिटसम्म निःशुल्क विद्युत्, महिला सुरक्षा दल गठन र लागुऔषध नियन्त्रणका लागि विशेष एण्टी–ड्रग्स स्क्वाड स्थापना गर्ने निर्णय गरेका छन् ।
चेन्नई । दक्षिण भारतीय चर्चित अभिनेता तथा राजनीतिज्ञ विजय तमिलनाडुको नयाँ मुख्यमन्त्री बनेका छन् । तमिलगा वेत्री कडगम (टीभीके) का प्रमुख विजयले आइतबार बिहान तमिल भाषामा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण कार्यक्रममा भारतीय राजनीतिका प्रभावशाली नेता राहुल गान्धीसमेत उपस्थित थिए। त्यस क्रममा थलापति विजयले निर्धारित सपथ वाक्यांशभन्दा बाहिरका केही अभिव्यक्ति दिन थालेपछि राज्यपाल अर्लेकरले उनलाई बिचमै सचेत गराएका थिए । राज्यपालले निर्धारित शब्दहरूमा मात्र सीमित रहन आग्रह गरेका थिए ।
मुख्यमन्त्री विजयसँगै ९ जना मन्त्रीहरूले पनि सपथ लिएका छन् । शपथ लिने मन्त्रीहरूमा एन आनन्द, आधव अर्जुन, डा. केजी अरुणराज, केए सेङ्गोट्टैयन, पी वेंकटरमणन, आर निर्मलकुमार, राजमोहन, डा. टीके प्रभु र सेल्वी एस कीर्तना रहेका छन् । उनीहरू सबै टीभीकेका निर्वाचित विधायक हुन् ।
यसैबीच, टीभीकेका नेता एमवी करुप्पैयालाई प्रोटेम स्पीकर नियुक्त गरिएको छ । राज्यपाल अर्लेकरले मुख्यमन्त्री विजयलाई आगामी मे १३ भित्र विश्वासको मत हासिल गर्न निर्देशन दिएका छन् ।
पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री विजयले केही महत्त्वपूर्ण निर्णयहरूमा हस्ताक्षर गरेका छन् । उनले २०० युनिटसम्म निःशुल्क विद्युत् उपलब्ध गराउने, महिला सुरक्षा दल गठन गर्ने तथा लागुऔषध नियन्त्रणका लागि विशेष एण्टी–ड्रग्स स्क्वाड स्थापना गर्ने निर्णय गरेका छन् ।
नयाँ सरकार गठनसँगै विजयले जनमुखी कार्यक्रमहरू अघि बढाउने संकेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण