आईएमई र सामसङ नेपालबिच ’रेमिटमा बेनिफिट’ अभियान सुरु: वैदेशिक रोजगारीमा रहेका परिवारलाई विशेष सुविधा
काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारलाई लक्षित गरी ‘रेमिटमा बेनिफिट’ अभियान सार्वजनिक गरेको छ। सामसङ नेपालसँगको समन्वयमा सुरु गरिएको यस अभियानले रेमिटेन्स प्राप्त गर्ने ग्राहकहरूलाई आधुनिक इलेक्ट्रोनिक्स सामान खरिदमा विशेष सहुलियत र आर्थिक लाभ प्रदान गर्ने लक्ष्य राखेको छ ।
यस योजना अन्तर्गत विदेशबाट आईएमईमार्फत पैसा पठाउँदा प्राप्त हुने ’आईएमई कन्ट्रोल नम्बर’ सामसङको आधिकारिक स्टोर वा डिलरमा देखाएर ग्राहकले विभिन्न फाइदा लिन सक्नेछन्। ग्राहकले सामसङका स्मार्टफोन, स्मार्ट टिभी, रेफ्रिजरेटर र वासिङ मेसिन जस्ता आधुनिक उपकरण खरिद गर्दा विशेष छुट र क्यासब्याक प्राप्त गर्नेछन् ।
ग्राहकको आर्थिक सहजताका लागि आईएमईले एचएफएल मार्फत सहज ईएमआई वा ऋण सुविधाको समेत व्यवस्था गरेको छ। यसले गर्दा ग्राहकले एकैपटक ठूलो रकम खर्च नगरी २४ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। साथै, सामान खरिद गर्दा ’खल्ती बाई आईएमई’वालेटमा ६ प्रतिशतसम्म क्यासब्याक प्राप्त हुने कम्पनीले जनाएको छ ।
यसैगरी सामसङका स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि थप आकर्षणका रूपमा एनसेलको १८० जीबीसम्मको बोनस डेटा सुविधा पनि उपलब्ध गराइएको छ ।
आईएमईका कार्यकारी अधिकृत दिवाकर पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको मेहनतको कमाइलाई अझ बढी उपयोगी र मूल्यवान् बनाउन यो योजना ल्याइएको बताए । उनले रेमिटेन्स सेवाका साथै ग्राहकलाई प्रत्यक्ष आर्थिक लाभ र आधुनिक प्रविधिसँग जोड्ने कम्पनीको प्रयास रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूसी कब्जामा रहेको सहर र सीमावर्ती गाउँमा युक्रेनी आक्रमणबाट छ जनाको मृत्यु
-
मधेसमा कांग्रेससँगको सहकार्यलाई कायम राख्न चाहन्छन् एमाले र नेकपाका नेता
-
एमालेका युवा नेताहरूले भने : नेतृत्वको सम्मानजनक बिदाइ हुनुपर्छ
-
प्रधानमन्त्री बालेन शाहले माधव खनाललाई सचिवालयबाट हटाए
-
सबै सवारीसाधनका लागि कहिले खुला हुन्छ नागढुंगा सुरुङमार्ग ?
-
तीनबुँदे सहमतिलाई लिएर माधव समूह नै विभाजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण