यातायात व्यवसायी राष्ट्रिय महासङ्घको निर्वाचनमा कसैलाई समर्थन नगरेको ट्रक महासङ्घको स्पष्टीकरण
सारांश
- नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेको छ।
- महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाले ट्रक महासङ्घ एक स्वायत्त संस्था भएकाले निर्वाचन प्रक्रियामा तटस्थ भूमिका अपनाएको बताएका छन्।
- पोखरामा जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसीबीच प्रतिस्पर्धा छ।
काठमाडौँ । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र विक्रम बानियाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको निर्वाचनमा हरिशरण केसीलाई समर्थन गरेको भन्ने समाचार प्रकाशित भएपछि त्यसको खण्डन गरिएको छ।
अध्यक्ष बानियाले एक विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको स्पष्ट पारेका छन्। उनले ट्रक महासङ्घ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उच्च सम्मान गर्दै तटस्थ भूमिका अपनाएको बताएका छन्।
बानियाले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चार माध्यम तथा विभिन्न पत्रपत्रिकामार्फत प्रसारित भएका समर्थनसम्बन्धी समाचार आधिकारिक नभएको उल्लेख गरेका छन्। “नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ स्वायत्त संस्था भएकाले यस संस्थाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको उच्च सम्मान गर्दछ। आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको व्यहोरा सबैलाई जानकारी गराइन्छ,” विज्ञप्तिमा उल्लेख छ।
उनले ट्रक महासङ्घ र यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सहोदर संस्थाका रूपमा रहेको उल्लेख गर्दै निर्वाचन प्रक्रियामा संस्थागत रूपमा कसैको पक्ष वा विपक्षमा नलाग्ने बताएका छन्।
पोखरामा जारी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया चलिरहेको छ। अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी बिच प्रतिस्पर्धा भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण