बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

अर्घाखाँचीमा सुपा देउराली मन्दिर दर्शन गरेर फर्किँदै गरेकाहरु सवार बस दुर्घटना

मङ्गलबार, २९ वैशाख २०८३, १५ : २०
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
  • पर्वतबाट सुपा देउराली मन्दिर दर्शन गरी फर्किँदै गरेको यात्रु सवार बस सडकबाट करिब १०० मिटर तल खसेको हो ।
  • दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल पठाइएको छ ।

बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ दुर्गाफाँटस्थित कुडेलेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

मंगलबार ध १ ख ५०४ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो । दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक दिवस जिसीले जानकारी दिए ।

उनका अनुसार पर्वतबाट आई सुपा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेको यात्रु सवार बस दुर्घटनामा परेको हो । करिब ३० जना सवार बस सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिसन अस्पताल पाल्पा पठाइएको छ । प्रहरीले घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप