मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अनफोल्डेड

तमिलनाडु र पश्चिम बंगालमा फेरिएको जनादेश

मङ्गलबार, २९ वैशाख २०८३, २० : ३०
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • भारतको पश्चिम बंगालमा बीजेपी दुई तिहाइ सिटका साथ विजयी भएको छ र शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन् ।
  • तमिलनाडुमा थलापति विजयको पार्टी टीभीके सबैभन्दा ठुलो पार्टी बन्दै सत्ताको नेतृत्वमा पुगेको छ र थलापति विजय मुख्यमन्त्री बनेका छन् ।
  • दुवै राज्यमा हालै भएको विधानसभा निर्वाचनले लामो समयदेखि सत्तामा रहेका पार्टीहरूलाई पाखा लगाएको छ ।

काठमाडौँ । नेपालसँग सीमा जोडिएको भारतीय राज्य पश्चिम बंगाल र दक्षिण भारतीय राज्य तमिलनाडुमा हालै भएको विधानसभा निर्वाचन भयो । निर्वाचनमार्फत दुवै राज्यमा पुराना शक्तिको दबदबा तोडिएर नयाँ शक्ति उदाएका छन् । पश्चिम बंगालमा नयाँ दल त होइन, तर त्यहाँको सत्तामा अहिलेसम्म नपुगेको भारतीय जनता पार्टी (बीजेपी) दुई तिहाइ सिटका साथ विजयी भएको छ । बीजेपीका शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेका छन् । 

उता तमिलनाडुमा तमिल सुपरस्टार थलापति विजयको पार्टी तमिलागा वेत्री कझगम अर्थात् टीभीके सबैभन्दा ठुलो पार्टी बन्दै सत्ताको नेतृत्वमा पुगेको छ । टीभीकेका संस्थापक थलापति विजय मुख्यमन्त्री बनेका छन् । यी दुवै राज्यमा हालै भएको विधानसभा निर्वाचनबाट त्यहाँको सत्तामा लामो समयदेखि हालीमुहाली गरिरहेका पार्टीहरू पाखा लागे । किन त ? 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप