सम्बन्ध विच्छेदको हल्लाबिच सूरज नाम्बियारले डिलिट गरे आफ्नो इन्स्टाग्राम खाता
सारांश
- बलिउड अभिनेत्री मौनी राय र सूरज नाम्बियारको सम्बन्धमा दरार आएको हल्ला चलेको छ ।
- सामाजिक सञ्जालमा एकअर्कालाई फलो नगरेको र मौनीले सूरजसँगका सबै पोस्ट मेटाएपछि यो हल्लाले थप बल पाएको छ ।
- यसैबीच, सूरज नाम्बियारले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय पारेका छन् ।
नयाँ दिल्ली । बलिउड अभिनेत्री मौनी राय र सूरज नाम्बियारको सम्बन्ध ठीकठाक नभएको हल्ला चलिरहेको छ । इन्स्टाग्राममा दुबैले एकअर्कालाई फलो नगरिरहेको देखेपछि जोडी अलग हुन लागेको अनुमान चर्किएको थियो ।
मौनीको फलोअर्स लिष्टमा सूरज नाम्बियारको नाम थिएन । सूरज नाम्बियारको फलोअर्सको सूचिमा मौनीलाई देखिएन । यसबाहेक, मौनीले आफ्नो इन्स्टाग्राम खाताबाट सूरजसँगका सबै पोस्ट र तस्बिरहरू पनि मेटाएकी छिन् ।
यी हल्लाहरूबीच सूरज नाम्बियारले आफ्नो इन्स्टाग्राम खाता निष्क्रिय पारेका वा मेटाएका छन् । मौनीको इन्स्टाग्राम प्रोफाइलमा सूरज नाम्बियारको कुनै पनि फोटो नभेटिएपछि यी हल्लाहरूले थप गति लिएका हुन् ।
प्रोफाइलबाट उनीहरूको विवाहको तस्बिर पनि हराएको छ । यद्यपि, यी रिपोर्ट वा अफवाहहरूबारे मौनी र सूरज दुवैले कुनै आधिकारिक बयान दिएका छैनन् ।
तीन वर्ष सँगै बसेपछि मौनी र सूरजले २०२२ मा गोवामा विवाह गरेका थिए । यो जोडीको पहिलो भेट २०१९ मा नयाँ वर्षको पूर्वसन्ध्यामा दुबईमा भएको थियो । उनीहरूको विवाह क्यान्डोलिमको हिल्टन गोवा रिसोर्टमा भएको थियो । बिहे मलयाली र बंगाली दुवै परम्परा अनुसार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण