अमेरिकामा ‘गोल्डेन डोम’ बनाउन १२ खर्ब डलर लाग्ने
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको ‘गोल्डेन डोम’ मिसाइल प्रतिरक्षा कार्यक्रमको लागत २० वर्षमा करिब १२ खर्ब अमेरिकी डलर पुग्न सक्ने नयाँ अनुमान सार्वजनिक भएको छ ।
समाचार संस्था एशोसिएटेड प्रेसका अनुसार कंग्रेसको बजेट अफिसले तयार पारेको विश्लेषणमा यो परियोजनाको खर्च प्रारम्भिक अनुमानभन्दा धेरै बढी हुने देखाइएको हो ।
यसअघि ट्रम्पले उक्त योजनाको लागत करिब १ खर्ब ७५ अर्ब डलर हुने बताएका थिए । उनले अमेरिकालाई इजरायलको ‘आइरन डोमड जस्तै मिसाइल सुरक्षा प्रणालीमार्फत सुरक्षित बनाउने योजना अघि सारेका थिए, जसमा अन्तरिक्षमा हतियार प्रणाली राख्ने अवधारणा पनि समावेश छ ।
यो प्रणाली आइरन डोममा आधारित हुनेछ, जसको उद्देश्य आक्रमणका क्रममा प्रक्षेपण गरिएका मिसाइलहरू पत्ता लगाउने र नष्ट गर्ने हो । हालसम्म अमेरिकी कंग्रेसले यस परियोजनाका लागि करिब २४ अर्ब डलर स्वीकृत गरिसकेको छ ।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो सातामै यो प्रणाली स्थापना गर्ने आदेश दिएका थिए । सन् २०२९ जनवरीमा आफ्नो कार्यकाल समाप्त हुनुअघि प्रणाली सञ्चालनमा ल्याउने अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण