तेलको मूल्य घट्यो, सेयर बजार बढ्यो
सारांश
- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ ।
- अमेरिकी सेयर सूचकाङ्कहरूमा सुधार देखिएको छ भने युरोपेली र एसियाली बजारहरू पनि सामान्य रूपमा बढेका छन् ।
- मध्यपूर्वको जारी तनावले लगानीकर्ताको जोखिम लिन चाहने क्षमतामा दबाब दिएको छ ।
न्यूयोर्क । अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको भाउ घटेको छ । लगानीकर्ताहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ समकक्षी सी जिनपिङबीचको सम्भावित भेटवार्ताले व्यापार र मध्यपूर्वको तनावमा पार्ने प्रभावको प्रतीक्षामा रहँदा तेलको भाउ घटेको हो । उक्त दिन विश्व सेयर बजारमा सामान्य सुधार देखिएको छ ।
लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्र्रति ब्यारेल शून्य दशमलव ७ प्रतिशतले घटेर करिब १०७ अमेरिकी डलरमा पुगेको छ । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) पनि शून्य दशमलव ९ प्रतिशतले घटेर ब्यारेलकै १०१ डलर २ सेन्टमा डलरमा झरेको छ । विश्लेषकहरूका अनुसार लगातार तीन दिनको वृद्धि पछि आएको यो गिरावटले बजारमा “अमेरिका–इरान सम्झौता अझ टाढा गएको” भन्ने चिन्ता झल्काएको छ ।
यसैबिच, अमेरिकी सेयर सूचकाङ्कहरूमा सुधार देखिएको छ । एसएन्ड पी ५०० र नास्डाक कम्पोजिट फ्युचर्सले मजबुत सुरुवात संकेत गरेका छन् । भने दाउ जोन्स इन्डष्ट्रियल एभरेज स्थिर देखिएको छ । युरोपेली बजारहरू पनि सामान्य रूपमा बढेका छन् ।बेलायतमा फुट्सी शून्य दशमलव ५१ प्रतिशतले बढेको छ । फ्रान्समा क्याक ४० र जर्मनीमा डीएएक्स पनि शून्य दशमलव शून्य ६ प्रतिशत र शून्य दशमलव ५३ प्रतिशतले बढेका छन् ।
एशियामा दक्षिण कोरियाको कोस्पी सूचकांकले राम्रो प्रदर्शन गरेको छ । केस्पी २ दशमलव ५६ प्रतिशतल बढेको थियो । ताइवानमा ताइवान वेटेडमा १ दमलज २७ प्रतिशतको कमी देखिएको थियो । बुधबार भारत, जापान, चीन, सिंगापुर लगायत यस क्षेत्रका अधिकांश सेयर बजार हरियोमै थिए ।
मध्यपूर्वको जारी तनावले लगानीकर्ताको जोखिम लिन चाहने क्षमतामा दबाब दिएको दोयचे बैंकका विश्लेषकहरूले बताएका छन् । बजार आशावादी तर सतर्क रहेको टिप्पणी गर्दै ट्रम्प–चीन वार्तामा हुने प्रगति नै आगामी बजार दिशाको प्रमुख निर्धारक हुने अनलाइन लगानी प्लेटफर्म हाग्र्रिभ्स ल्यान्सडाउनका वरिष्ठ इक्विटी विश्लेषक म्याट ब्रिट्जम्यानले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण