'सनसेट ल' आए जलविद्युत क्षेत्रमा धेरै समस्या हट्नेछ: इप्पान अध्यक्ष कार्की
सारांश
- स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउन लागेको 'सनसेट ल' कार्यान्वयनमा आए जलविद्युत क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताएका छन् ।
- उनकाअनुसार उक्त कानुनमार्फत 'वान डोर पोलिसी' लागू हुनुपर्छ, जसले जलविद्युत आयोजनाका अनुमति तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउनेछ ।
- अध्यक्ष कार्कीले अहिले संसदमा जलविद्युत क्षेत्र बुझ्ने धेरै सांसदहरु पुगेकाले क्षेत्रका मुद्दा उठाउन र समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ कार्यान्वयनमा आए जलविद्युत क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताएका छन् । इप्पानको एक कार्यक्रममा अध्यक्ष कार्कीले वन मन्त्रालयमा ४० भन्दा बढी फाइल रोकिएको विषयमा आफूहरूले पटक–पटक पत्राचार गरिरहेको स्मरण गर्दै अहिले चर्चामा रहेको सनसेट ल छिट्टै आउने संकेत देखिएको बताउँदै उक्त सनसेट ल आए जलविद्युत क्षेत्रमा रहेका धेरै समस्या हल हुने बताए ।
उनकाअनुसार उक्त कानुनमार्फत ‘वान डोर पोलिसी’ लागू हुनुपर्छ, जसले जलविद्युत आयोजनाका अनुमति तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउनेछ । अध्यक्ष कार्कीले अब आन्दोलनभन्दा काम गर्ने समय आएको भन्दै सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए । उनले सरकारसँग निजी क्षेत्रले धेरै अपेक्षा गरेको उल्लेख गर्दै काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले सरकारले भनेका कुराहरु लागू गरिदिए मात्रै पनि काम गर्ने वातावरण धेरै बन्नेछ ।
अध्यक्ष कार्कीले अहिले संसदमा जलविद्युत क्षेत्र बुझ्ने धेरै सांसदहरु पुगेकाले क्षेत्रका मुद्दा उठाउन र समाधानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । उनले इप्पानभित्र सबै पक्षलाई समेटेर सिङ्गो टिम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण