जेठ ६ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस
सारांश
- कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथिको छलफलका लागि जेठ ६ गते प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।
- मन्त्रीपरिषद्को बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
- बैठकले केही नियमावली र निर्देशिकाहरूलाई सम्बन्धित समितिहरूमा दफावार छलफलका लागि पठाउने निर्णय पनि गरेको छ ।
विराटनगर । कोशी प्रदेश सरकारले जेठ ६ गतेका लागि प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नेगरी सिफारिस निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममाथि छलफल गर्न अधिवेशन आह्वानको सिफारिस गरेको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीका अनुसार जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुनेछ । ‘मन्त्रीपरिषद्को आजको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ,’ मन्त्री पराजुलीले भने ।
बैठकले कोशी प्रदेश योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ । आयोगलाई पूर्णता दिने क्रममा सरकारले घिमिरेलाई सदस्यमा मनोनीत गरेको हो ।
सरकारले केही महत्वपूर्ण नियमावली र निर्देशिकाहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको छ । जसअनुसार ‘कोशी प्रदेश तथ्यांक नियमावली २०८२’ लाई मन्त्रिपरिषद्को पूर्वाधार समितिमा पठाइएको छ ।
यस्तै, ‘कोशी प्रदेश आन्तरिक नियन्त्रण प्रणाली दिग्दर्शन २०८३’ र ‘कोशी योजना आयोग गठन सञ्चालन पहिलो संशोधन आदेश २०८३’ लाई थप छलफल र परिमार्जनका लागि कानुन, न्याय तथा प्रदेश मामिला समितिमा पठाउने निर्णय भएको मन्त्री पराजुलीले जानकारी दिए ।
बैठकले संघीय सरकारबाट सरुवा भई कोशी प्रदेशमा आएका सह–सचिव रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवको रूपमा पदस्थापना गर्ने निर्णय पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण