व्यापार र प्रसारण लाइनमा नहिचकिचाउन वरिष्ठ उपाध्यक्ष डाँगीको सुझाव
सारांश
- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले ऊर्जा क्षेत्र नेपाललाई समृद्धिको मार्गमा लैजाने बलियो आधार भएको बताएका छन्।
- उनले निजी क्षेत्रको योगदानले कुल ४३०० मेगावाट क्षमतामध्ये ३५०० मेगावाट विद्युत् उत्पादन भएको र सरकारले विद्युत् व्यापार तथा प्रसारण लाइन निर्माणमा विश्वास गर्नुपर्नेमा जोड दिए।
- डाँगीले ऊर्जा क्षेत्रका समस्या समाधानका लागि इप्पानले सरकारसँग निरन्तर संवाद गरिरहेको र सञ्चार माध्यम तथा निजी क्षेत्रले यस क्षेत्रको सकारात्मक पक्षमा जोड दिनुपर्ने बताए।
काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले नेपाललाई समृद्धिको मार्गमा लैजान सक्ने एकमात्र बलियो र भरपर्दो आधार ऊर्जा क्षेत्र भएको बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालले जलस्रोत, घाम र हावाबाट ठुलो मात्रामा हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना रहेको र निजी क्षेत्रले आफ्नो क्षमता प्रमाणित गरिसकेको उल्लेख गरेका हुन् ।
वि.सं. २०५५ सालमा देशभर मात्र २५४ मेगावाट विद्युत् उत्पादन भएको अवस्थाबाट आज देश ४३०० मेगावाट क्षमतामा पुग्नुमा निजी क्षेत्रको मुख्य योगदान रहेको उनले बताए। डाँगीका अनुसार कुल उत्पादन क्षमतामध्ये करिब ३५०० मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरिसकेको छ।
उनले सरकारले विद्युत् व्यापार गर्न नसक्ने वा प्रसारण लाइन बनाउन नसक्ने भन्ने आशङ्का गरिरहनु आवश्यक नरहेको भन्दै यस क्षेत्रप्रति पूर्ण विश्वास गर्नुपर्नेमा जोड दिए। ऊर्जा क्षेत्रका समस्या समाधानका लागि इप्पानले अर्थमन्त्री, ऊर्जामन्त्री तथा प्रधानमन्त्रीसँग निरन्तर संवाद र छलफल गरिरहेको उनले जानकारी दिए।
वरिष्ठ उपाध्यक्ष डाँगीले ऊर्जा क्षेत्रले देशलाई समृद्ध बनाउन सक्छ भन्ने कुरा तथ्याङ्कले नै पुष्टि गरिसकेको दाबी गरे। उनले भने, ‘यही ऊर्जा क्षेत्र त एकमात्र क्षेत्र हो, यसले यो देशलाई समृद्धिको मार्गमा लान सक्छ। त्यो हामीले प्रमाणित गरेका छौँ। २०५५ सालको २५४ मेगावाटलाई आज हामी ४३०० मेगावाट पुर्याएका छौँ। हामीले ३५०० मेगावाट चाहिँ उत्पादन गरिसकेका छौँ। अब नेपाल सरकारले विद्युत् व्यापार गर्न सक्दैन, प्रसारण लाइन बनाउन सक्दैन भनेर यो क्षेत्रलाई नपत्याउनुपर्ने कारण के छ र?’
उनले ऊर्जा क्षेत्रमा सकारात्मक सन्देश फैलाउन सञ्चार माध्यम र निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए। ऊर्जा क्षेत्रका नकारात्मक पक्षभन्दा सकारात्मक सम्भावना र उपलब्धिमा केन्द्रित हुन आग्रह गर्दै उनले नेपाललाई समृद्ध बनाउने प्रमुख आधार जलस्रोत नै भएकोले सरकारले यस क्षेत्रलाई नजरअन्दाज गर्न नहुने बताए।
जलस्रोत र ऊर्जा क्षेत्रले नै मुलुकको भविष्य बदल्ने भएकोले सरकारले लगानी र व्यापारका लागि उचित वातावरण बनाउनुपर्ने उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
-
जोटाको पहिलो स्मृतिदिनमा पोर्चुगल भावुक, उनकै लागि जित्ने खेलाडीहरूको अठोट
-
विश्वकपमा उनाइ सिमोनको नयाँ इतिहास, ३६ वर्ष पुरानो कीर्तिमान तोडे
-
चार खेलमा स्पेनको क्लिन सिट
-
अस्ट्रियामाथि ३–० को सानदार जित निकाल्दै स्पेन अर्को चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण