मधेस सरकारविरुद्ध मतदान गर्न जनमत पार्टीद्वारा आफ्ना सांसदहरूलाई ह्वीप जारी
सारांश
- जनमत पार्टीले मधेस प्रदेश सरकारविरुद्ध दर्ता भएको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।
- मधेस प्रदेश सभामा रहेको जनमत पार्टीको संसदीय दलको बैठकले यस्तो ह्विप जारी गरेको हो ।
- काँग्रेस नेतृत्वमा रहेको मधेस सरकारबाट जनमत पार्टीले वैशाख २१ गते समर्थन फिर्ता लिएको थियो ।
काठमाडौँ। जनमत पार्टीले मधेस प्रदेश सरकारविरुद्ध दर्ता भएको विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना प्रदेश सभा सदस्यहरूलाई ह्वीप जारी गरेको छ ।
मधेस प्रदेश सभामा रहेको जनमत पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो ह्विप जारी गरेको हो । बैठकपछि संसदीय दलका नेता चन्दन सिंहले पत्र सार्वजनिक गर्दै सरकारको विश्वासको प्रस्तावको विपक्षमा अनिवार्य रूपमा उपस्थित भई मतदान गर्न निर्देशन दिएका हुन् ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा २८ को उपदफा १ (क) अनुसार ह्वीप जारी गरिएको उल्लेख छ ।
पत्रमा २०८३ जेठ ३१ गते हुने विश्वासको प्रस्तावमाथिको मतदानमा संसदीय दलको निर्णयअनुसार विपक्षमा मतदान गर्न सबै सदस्यलाई निर्देशन दिइएको हो ।
मधेस प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार छ । सरकारको मुख्यमन्त्रीमा काँग्रेसका मधेस प्रदेशको सभापति एवं प्रदेश सभा सदस्य कृष्ण यादव रहेका छन् । कृष्ण यादव नेतृत्व सरकारबाट जनमत पार्टीले वैशाख २१ गते समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीहरूलाई समेत फिर्ता बोलाएका थिए ।
जनमत पार्टीले कांग्रेस नेतृत्वमा रहेको सरकारले दलहरूको समन्वयमा काम नगरेको, सरकारले लिएको लक्ष्य अनुसार विकास निर्माणका कामहरू अगाडि नबढाएको, नीति तथा कार्यक्रम अनुसार काम गर्न नसकेको आरोप लगाउँदै समर्थन फिर्ता लिएको हो।
जनमत पार्टीले समर्थन फिर्ता लिएपछि कृष्ण यादवले भोली विश्वासको मत लिने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको समृद्धिसँग नेपालको गहिरो सम्बन्ध छ : सरोकारवाला
-
युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता
-
आयल निगमका कर्मचारीलाई झट्का, ओभरटाइम भत्ता काटियो
-
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने
-
गृह मन्त्रालयको निर्देशन : सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्नू
-
१० बजे १० समाचार : विश्वविद्यालय हाँक्नेहरुको टुंगोदेखि संवैधानिक परिषद्को निर्णयसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण