बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मालदिभ्समा स्कुबा दुर्घटना, इटालीका पाँच नागरिकको मृत्यु

बिहीबार, ३१ वैशाख २०८३, २३ : २९
बिहीबार, ३१ वैशाख २०८३

काठमाडौँ । इटालीको विदेश मन्त्रालयले बिहीबार मालदिभ्समा ‘स्कुबा डाइभिङ’ का क्रममा भएको दुर्घटनामा पाँच इटालेलीको मृत्यु भएको जनाएको छ ।

स्कुबा डाइभिङ यात्राका क्रममा भएको दुर्घटनामा परी मालदिभ्सको भाभु अटोलमा इटालीका पाँच नागरिकको मृत्यु भएको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वक्तव्यमा भनिएको छ, “गोताखोरले पानीको सतहदेखि करिब ५० मिटरको गहिराइमा पानीमुनि रहेका केही गुफाबारे जानकारी सङ्कलन गरिरहेका समय मृत्यु भएको विश्वास गरिएको छ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप